Prabhu Bank

पिक प्वाइन्ट तेक्वान्दो डोजाङले प्रशिक्षकलाई सम्मान

Kelme Nepal
Mega Bank
  • नेप्लेज
  • |
  • २०७४-१२-०७
  • |
  • 2 पटक हेरिएको

चैत्र ७ । पिक प्वाइन्ट एकेडेमी र पिक प्वाइन्ट तेक्वान्दो डोजाङले तेक्वान्दो प्रशिक्षक र निर्णायकलाई बुधबार सम्मान गरेको छ ।

डोजाङको ग्रेडिङ समापनका अवसरमा तेक्वान्दो प्रशिक्षक मीन न्यौपाने, गणेश जिम्बा लामा, राजेन्द्र खत्री तथा निर्णायक मनोजकुमार शाह र सोनाम लामालाई एक कार्यक्रमबीच सम्मानित भए ।

कराते एकेएफ रेफ्री दिपक लामालाई पनि सोही अवसरमा सम्मान गरिएको थियो ।

बुढानीलकण्ठ नगरपालिका वडा नं. १३ का अध्यक्ष श्रीकृष्ण श्रेष्ठ र पिक प्वाइन्ट एकेडेमीका सहायक प्रिन्सिपल विनय श्रेष्ठले उनीहरुलाई सम्मान पत्र प्रदान गरी सम्मान गरे ।

ग्रेडिङमा डोजाङका २४ खेलाडीले सहभागिता जनाएको डोजाङ प्रमुख गणेश तामाङले जानकारी दिए । सहभागी मध्ये ७ लाई उत्कृष्ट घोषित गरी पदक प्रदान गरिएको थियो ।

भर्खरै

Advertisement