झिल्टुङ क्रस कन्ट्री साइक्लिङ रेस हुने

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-०७
  • |
  • 181 पटक हेरिएको

चैत्र ७ । झिल्टुङ र कोल्पुटार युवा तथा महिला समुहको आयोजनामा यहि चैत्र ११ गते झिल्टुङ क्रस कन्ट्री साइक्लिङ रेस हुने भएको छ ।

नुवाकोटको बेलकोटगडी स्थित कोल्पुटारमा हुने रेस २ विधामा हुनेछ । जसमा १३ दशलमव ४ किलोमिटरको ओपन रेस हुने छ भने ४ दशमलव ५ किलोमिटरको क्रस कन्ट्रि रेस हुनेछ ।

करीव २ सय जना चालकको सहभागिता हुने रेसमा खुल्ला तर्फ कोल्पुटारबाट सुरु भएर बेलीनी, राजोदार, खड्काछाप, माझगाउँ, लामाचौर हुँदै कोल्पुटारमा पुगेर समापन हुनेछ ।

यो विधाको विजेताले १५ हजार , दोस्रोले १० हजार, तेस्रोले ५ हजार रुपैयाँ पाउनेछन । साथै शिर्ष ६ स्थानमा रहने चालकले नगद पुरस्कार पाउनेछन ।

यस्तै क्रसकन्ट्रीको रेस कोल्पुटारबाट पिप्ली हुँदै कोल्पुटारमा पुगेर सकिनेछ । जे गरौ गज्ज्बले गरौ भन्ने मुल नारा रहेको रेसमा विदेशी चालकको पनि सहभागिता रहने आयोजकले बताएका छन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey