इटाली विरुद्दको खेलका लागि मेसी राष्ट्रिय टिमको तयारीमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-०७
  • |
  • 157 पटक हेरिएको

चैत्र ७ । अर्जेन्टिनाले, आगामी शुक्रबार इटाली विरुद्ध मैत्रीपुर्ण खेल खेल्दै रुस विश्वकपको औपचारिक तयारी सुरु गर्दैछ । जसका लागि अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनल मेसी पनि राष्ट्रिय टिमको अभ्यासमा फर्किएका छन ।

मेसी, हिजो बार्सीलोना बाट इङल्यान्डको म्यानचेस्टर सिटी पुगेका छन । अर्जेन्टिनाले सिटीको घरेलु मैदान इत्तिहादमा अभ्यास गरिरहेको छ ।

अर्जेन्टिना र इटाली बीचकोे खेल न्युट्रल भेन्यु इत्तिहादमानै हुनेछ । विश्वकपको तयारी स्वरुप, अर्जेन्टिनाको पुरै स्क्वाडले संगै अभ्यास गरेको यो पहिलो पटक हो ।

साविक उपविजेता अर्जेन्टिनो, छनौट खेलमा भने प्रभाव जमाउन असफल भएको थियो । छनोटको अन्तिम खेलमा इक्वेडरलँइ तीन एक गोलले पराजित गर्दै अर्जेन्टिनाले विश्वकपमा स्थान बनँएको थियो ।

सो खेलमा मेसीले ह्याट्रिक गरेका थिए । इटाली भने विश्वकपमा छनौट हुन सकेन् । तर उसले अर्जेन्टिनालाइ कडा चुनौती दिने अपेक्षा गरिएको छ । अर्जेन्टिनाका प्रशिक्षक जर्ज साम्पोलीले इटाली संगको खेल आफ्नो टिमलाइ सेपमा ल्याउन सहयोगी हुने बताएका छन ।

अर्जेन्टिनाले इटाली पछि अर्को साता स्पेन संग मैत्रीपुर्ण खेल खेल्नेछ । विश्वकपमा अर्जेन्टिना समुह डी मा छ । यो समुहमा क्रोएशिया, नाइजेरिया र आइसल्यान्ड छन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey