सागका लागि करातेका ३२ खेलाडी छनाेट

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०५-१२
  • |
  • 429 पटक हेरिएको

नेपालमा आयोजना हुने दक्षिण एसियाली खेलकुदका लागि करातेबाट ३० खेलाडी छनोट गरिएकाे छ ।

सातदाेबाटाे स्थित करातेकाे हलमा भएकाे छनाेटमा कातामा दुई वैकल्पिकसहित १० खेलाडी तथा फाइटमा २० खेलाडी छनोट भएका छन् । एकल कातामा महिला र पुरुषमा समान १–१ तथा टिम कातामा महिला र पुरुषा समान ३–३ खेलाडी छनोट भएका छन् । फाइटमा महिलामा ८ र पुरुषमा १० खेलाडीले राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भए ।

एकल काता पुरुषतर्फ आठौं राष्ट्रिय खेलकुदका स्वर्णपदक विजेता मन्डेकाजी श्रेष्ठ र महिला एकल कातामा आठौंकै स्वर्णधारी चञ्चला दनुवार सागका लागि राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भइन् । मन्डे टिम कातामा पनि छनोट भए । मन्डेले पर्शुराम बास्तोलालाई १ अंकले पछि पारेका हुन् । टिम कातामा पनि मन्डेले स्वर्ण हात पार्दै दुई विधामा छनोट हुन सफल भए ।

महिला टिम कातामा निर्मला तामाङ, संगिता मगर र सरु कार्की छनोट भइन् । कापिला विष्ट वैकल्पिक खेलाडीमा रहेकी छन् । फाइटतर्फ पुरुष ५० केजीमा सोनाम लामाले शिव खत्रीलाई तथा ५५ केजीमा लक्ष्मण तामाङले विजय श्रेष्ठलाई पराजित गर्दै राष्ट्रिय टोलीमा स्थान बनाए । ६० केजीमा राजीव पुडासैनीले स्वर्ण तथा राजकुमार रसाइलीले रजत जिते । ६७ केजीमा नवीन रसाइली पहिलो तथा अर्जुन बाघचन्द्र दोस्रो भए । ७५ केजीमा गंगाराम कुसवार पहिलो तथा मुकुन्द महर्जन दोस्रो भए । ८४ केजीमुनि दिवस श्रेष्ठले स्वर्ण तथा सुशिल पौड्यालले रजत जित्दै १३औं सागलाई छनोट भए । ८४ केजीमाथि विप्लव लाल श्रेष्ठले स्वर्ण तथा लेखराज मैनालीले रजत जिते ।

महिला फाइटको ४५ केजीमा कुसुम खड्काले मीरा योन्जनलाई तथा ५० केजीमा अनु अधिकारीले मिस्ली श्रेष्ठलाई पछि पार्दै राष्ट्रिय टोलीमा स्थान बनाइन् ।

५५ केजीमा मनिषा चौधरीले स्वर्ण तथा सुस्मिता वाइवाले रजत जितिन् । ६१ केजीमा अनु गुरुङले स्वर्ण तथा एस्तर राईले रजत जितिन् । ६८ केजीमा सुनता महर्जनले स्वर्ण तथा सनि तामाङले रजत जितिन् । ६८ केजीमाथि अनुपमा मगरले स्वर्ण तथा रिता कार्कीले रजत जित्दै राष्ट्रिय टोलीमा स्थान बनाइन् ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal