Mega Bank

माल पाएर चाल नपाएको बेलझुण्डी रंगशाला

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७६-०५-१२
  • |
  • 123 पटक हेरिएको

मुक्तिबाबु रेग्मी । दाङको शानका रुपमा रहेको बेलझुण्डी रंगशाला त्यहाँका खेल पदाधिकारीका लागि माल पाएर पनि चाल नपाएको जस्तो भएको छ । तुलसीपुर उपमहानगरपालिकामा पर्ने बेलझुण्डी रंगशाला गत बैशाखमा भएको आठौं राष्ट्रिय खेलकुदमा निर्माण गरिएको हो । हुन त त्यहाँ पहिला पनि खेल मैदान थियो । तर आठौंमा एथ्लेटिक्स र महिला फुटबलका इभेन्टहरु भएका थिए ।

२०४५ सालमा १५ विघा जग्गामा बहुउद्देशीय रंगशाला बनाउने लक्ष्य अनुसार जग्गा छुट्याइएको थियो । तत्कालिन राजा विरेन्द्रले दाङमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउन भनेर जग्गा छुट्याएको र त्यसपछि पटक पटक पहल हुँदा पनि यसले सार्थकता पाउन सकेको थिएन ।
पहिलो पटक २०४५ सालमा राष्ट्रिय ह्याण्डबल प्रतियोगिताको आयोजना गरिएको थियो । उक्त प्रतियोगिताको तत्कालिन महारानी ऐश्वर्य राज्यलक्ष्मी शाहले उद्घाटन गरेकी थिइन् । उक्त प्रतियोगितापछि आठौंका लागि बेलझुण्डी रंगशालाले पुर्नजीवन पायो ।

बेलझुण्डी रंगशाला परिसरमा अहिले एथ्लेटिक्सको सेन्थेटिक ट्रयाक बनेको छ भने फुटबल मैदान पनि खेल्न योग्य छ । अरु पूर्वाधार भने निर्माण चरणमा रहेका छन् ।

झण्डै २४ करोड २४ लाख बढी रुपैयाँ खर्च भएर पूर्वाधार बनेको हो । राष्ट्रिय खेलकुद परिषद् राखेपले एथ्लेटिक्सका लागि सेन्थेटिक्स ट्रयाक बनाएको उपत्यका बाहिरको पहिलो रंगशाला हो । यसअघि दशरथ रंगशालामा सेन्थेटिक्सको ट्रायक बनाइएको थियो । जुन भूकम्प पछि पुनर्निर्माणको चरणमा छ । अहिले रंगशालाको सेन्थेटिक्स ट्रयाक भने पुरा भइसकेको छ ।

एथ्लेटिक्सका लागि सेन्थेटिक्स ट्रयाको ठूलो महत्व हुन्छ । साथ साथै यसको संरक्षण गर्नुपर्ने दायित्व पनि दाङका खेल पदाधिकारीको पनि हो । तर त्यहाँको अहिलेको अवस्था हेर्दा लाग्छ उनीहरुलाई यसको महत्ववारे त्यति जानकारी नै छैन् । अहिले प्रदेश पाँचस्तरिय मुख्यमन्त्री कप फुटबलका लागि बेलझुण्डीको रंगशाला रोजियो त्यो गौरबको कुरा हो भने सेन्थेटिक्स ट्रयाककै बीचमा टेन्ट र कुर्सी राख्दा त्यसले कस्तो असर गर्ला त्यता तर्फ ध्यान दिएको पाइएन् ।

जसले गर्दा त्यो ट्रयाकलाई हानी गरेको छ । ठाउँ ठाउँमा कुसी र टेन्टले प्वाल पार्दा भविष्यमा खेल्न अयोग्य त हुने होइन भन्ने आशंका पनि गरिएको छ ।

याे पनि 

२०४५ साल पछि पुर्नजीवन पायो बेलझुण्डी रंगशालाले

 

भर्खरै

Advertisement