सुटिङ र पाैडीकाे नयाँ पुर्वाधारमा प्रशिक्षणका लागि खुल्ला, बक्सिङलाई भने तनाव !

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०५-१२
  • |
  • 231 पटक हेरिएको

नेपालमा आयोजना हुने दक्षिण एसियाली खेलकुद सागका लागि पौडी र सुटिङ खेलले भोग्दै आएको समस्या समाधान हुने अपेक्षा गरिएको छ । उचित प्रशिक्षण नपाएको गुनासो गर्दै आएको दुबै खेलका खेलाडीले नयाँ भेन्युमा प्रशिक्षणको मौका पाउने भएका छन । चीनीया सरकारको सहयोगमा पुर्ननिर्माण गरिएका दुबै खेलका पुर्वाधारहरु खुल्ला गरिएको छ ।

निर्माण सम्पन्न भएपनि तारबारले घेरेर राखिएका पुर्वाधारको टेक्निकल समिटीले अवलोकन नगरेको भन्दै खुल्ला राखिएको थिएन । एकदिन अगाडी चिनीया अवलोकन टिम नेपाल आएर सबै पुर्वाधारको हेरेपछि पौडी र सुटिङको पुर्वाधार खुल्ला गरिएको छ । तर त्यसको समस्या बक्सिङले भोगेको छ ।

बक्सिङ खेलका खेलाडीले प्रशिक्षण गर्ने स्थानमा सुटिङ रेन्ज बनाएपछि उनीहरु भने बाहिर नै सामान्य प्रशिक्षण गर्न बाध्य भएका छन । आफ्नो प्रशिक्षण स्थानमा सुटिङ रेन्ज बनाएको भन्दै बक्सिङका प्रशिक्षक र खेलाडी केहि असन्तुष्ट रहेका छन ।

यता विहिबार चाइनिज र नेपाली इन्जिनियर तथा टेक्निकल टोली संयुक्त रुपमा निरिक्षण गरेपछि राष्ट्रिय खेलाडीलाई प्रशिक्षणका लागि पौडी पोखरी र सुटिङ रेञ्ज खुल्ला गरिएको प्राविधिक पक्षले जनाएको छ ।

तर विधिवत् रुपमा भने हस्तान्तरण हुन अझै बाँकी छ । चाइनाले पुनर्णिमाण गरेको पूर्वाधार मध्ये दशरथ रंगशालाको भिआइपी प्याराफिटमा जडान गर्ने साउण्ड सर्भिस बाहेक सबै कार्य पुरा भइसकेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey