प्याब्सन मध्य क्षेत्रीय बास्केटबलमा ५३ टिम

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०५-११
  • |
  • 181 पटक हेरिएको

प्याब्सन मध्य क्षेत्रीय समिति, काठमाडौंको आयोजनामा १० औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।

प्रतियोगितामा समितिमा आबद्ध विभिन्न २५ विद्यालयका ५३ टिमको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा समितिका अध्यक्ष गगनसिं ऐरले जानकारी गराए । सिनियर ब्वाइजमा २४, सिनियर गल्र्समा १६ र जुनियर ब्वाइजमा १३ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने छन् ।

सिनियर ब्वाइजमा जेभियर र सिनियर गल्र्समा द चाँदबाग डिफेन्डिङ च्याम्पियन हुन् । जुनियर ब्वाइज विधा पहिलो पटक समावेश गरिएको हो ।

प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख रुपैयाँ खर्च हुने कार्यक्रम संयोजक एवं अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) का प्रिन्सिपल विष्णु अर्यालले जानकारी दिए ।

प्रतियोगिताका खेलहरु शंखमूलस्थित एआईएको कोर्टमा हुनेछ । समितिमा विभिन्न ६२ विद्यालय आबद्ध छन् । समितिमा आबद्ध विद्यालयमा पालैपालो हरेक वर्ष प्रतियोगिता हुँदै आएको छ । फाइनल भदौ २३ गते हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey