Mega Bank

चीनबाट फर्किएपछि सदस्य सचिव सिलवालले भने ‘रंगशाला कार्तिक मसान्तभित्र पुरा हुन्छ’

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७६-०५-११
  • |
  • 36 पटक हेरिएको

काठमाडौं, ११ भदौ । राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव रमेशकुमार सिलवालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको काम कार्तिक मसान्तभित्र पुरा हुने बताएका छन् । प्यारापिट तर्फका छानो र सिटहरुबारे बुझ्न चीन पुगेर फर्किएका सिलवालले कात्र्तिक १५ गतेभित्र सबै सामानहरु आइपुग्ने र त्यसपछि फिट गरेर पुरा हुन थप १५ दिन लाग्ने बताए । उनले भने ‘ मेरो चीन जानुको मुख्य उद्देश्य भनेको दशरथ रंगशालाको भीआईपी प्यारापिट तर्फको कुर्सी र छानोको लागि पहल गर्न हो । चीन गइसकेपछि मैले यो मितिमा यो काम गर्ने भनेर प्रतिवद्धता लिएर आएको छु ।

यहाँ हामीले पहिला कन्ट्याक्टर मार्फत कामहरु भइरहेको पाएका थियौं । त्यहाँ गएर कस्तो कारखाना हो र कहिलेसम्म डेलिभरी गर्छ भनेर बुझेर आएको छु । जस अनुसार कार्तिकको १५ सम्ममा सामान आइपुग्छ ।’

रंगशालाको साधारण तर्फको प्यारापिट १५ हजार दर्शक क्षमताको हुने भन्दै भीआईपी तर्फको प्यारापिटको सिट हाल्ने काम भने अलि पछि शुरुहुने बताए । उनले भने ‘रंगशालाको छानो छाउनका लागि फेब्रिक अक्टोबर १० तारिखभित्र आउँछ । छानाको काम सकिएपछि भीआईपी तर्फको अलि पछाडी गर्छौ पहिलो साधारण तर्फको सिटको काम गर्छौं । झण्डै १५ हजार दर्शक क्षमताको हुन्छ ।’

मंसिर १५ देखि १३ औं दक्षिण एसियाली खेलकुद साग आयोजना हुँदै छ । सागको मुख्य स्थलको रुपमा रहेको रंगशालाको निर्माण पुरा हुनुनै सागको तयारीका लागि मुख्य बाधक भएपछि अहिले राखेपले तदारुकताका साथ सम्पन्न गर्नकालागि निर्माण कम्पनीलाई चाँडो काम सक्न आग्रह गदै आएको छ ।

भर्खरै

Advertisement