सागका लागि करातेका ३२ खेलाडीकाे छनाेट भाेली, विदेशी रेफ्रीकाे प्रयाेग गरिने

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०५-११
  • |
  • 387 पटक हेरिएको

आसन्न दक्षिण एशियाली खेलकुद सागका लागि करातेको छनोट भोली हुँदैछ । जसमा ३२ खेलाडी छनोट गरिनेछन ।

सातदोबाटो स्थित करातेको कर्भडहलमा हुने छनोट प्रक्रियामा एक सय आठ खेलाडी समावेश हुनेछन । विहान सात बजेबाट सुरु हुने छनोट प्रतियोगिताबाट सागका लागि १४ महिला र १८ पुरुष खेलाडीको छनोट हुनेछ । सागमा करातेले १९ स्वर्णपदकका लागि प्रतिस्पर्धा गर्नेछ । सागमा सफल खेलका रुपमा रहेको करातेले अघिल्लो संस्करणमा भने राम्रो गर्न सकेको थिएन ।

सागका लागि पुरुष तर्फ ५०, ५५, ६०, ६७, ७५, ८४ र ८४ भन्दा माथिका तौल समुहमा छनोट गराइनेछ। यसका साथै ब्यक्तिगत काता, टिम काता, टिम फाइट (जसमा सात जना) र टिम काताका लागि खेलाडी छनोट गरिनेछ ।

यस्तै महिला तर्फ ४५, ५०, ५५, ६१, ६८ र ६८ भन्दा माथिको तौल समुहमा खेलाडी छनोट गरिनेछ । यसका साथै ब्यक्तिगत काता, टिम काता (जसमा तीन जना) टिम फाइट( यसमा चार जना) खेलाडी छानिनेछन ।

विदेशी रेफ्रीको प्रयोग

यसपटक करातेको छनोटमा कुनै पनि ब्यक्तिगत स्वार्थ नहोस र निस्पक्ष होस भनेर विदेशी रेफ्रीको प्रयोग गरिने भएको छ । जसमा मलेसिया, यूएई र थाइल्याण्डबाट सात रेफ्री नेपाल आउदैछन । उनीहरु आज साँझसम्म नेपाल पुग्नेछन ।

छनोट प्रतियोगिता निस्पक्ष होस र कुनैपनि धाँधली नहोस भनेर विदेशी रेफ्रिलाई पहिलो पटक प्रयोग गर्न लागिएको हो ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal