खोटाङमा अन्तर्राष्ट्रिय कराते

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-०६
  • |
  • 333 पटक हेरिएको
चैत ६, खाेटाङ । नेपाल सितोरियो कराते डो संघ, शाखा डोजो दिक्तेलको आयोजनामा दोश्रो खोटाङ हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिता बैशाख २० गतेदेखि हुने भएको छ ।
प्रतियोगितामा ७ प्रदेश, तीन विभागीय टोली, आयोजक टिम, भारत, भुटान, श्रीलंका र बंगलादेशको सहभागिता रहने आयोजक डोजोका अध्यक्ष सञ्जयकुमार राईले जनाएका छन् । कुमुते र कातामा १७ स्वर्ण, १७ रजत र ३४ कांस्य गरी जम्मा ६८ पदकका लागि करिब ३ सय १५ खेलाडी प्रतिस्पर्धा गर्ने बताइएको छ ।
टिम प्रथमले १ लाख, दोश्रोले ७० हजार र तेश्रोले ५० हजार नगद पुरस्कार पाउने छन् । उत्कृष्ट मार्स पास्ट टिम, पुरुष/महिला खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई २० हजारका दरले नगद पुरस्कार प्रदान गरिने छ । त्यस्तै अनुशासित पुरुष/महिला खेलाडी र टिमलाई पनि २० हजार नगदबाट पुरस्कृत गरिने छ ।
दिक्तेलमा हुने तीनदिने प्रतियोगिता सञ्चालन गर्न करिब ४९ लाख ४० हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । गत संस्करणमा सशस्त्र प्रहरी बलको नेपाल एपीएफ क्लब टिम च्याम्पियन बनेको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey