योङमुदो टोली दक्षिण कोरिया जाँदै

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०५-१०
  • |
  • 120 पटक हेरिएको

दक्षिण कोरियाको छुन्जु शहरमा अगस्ट २७ देखि सेप्टेम्वर ७ सम्म आयोजना हुन गैरहेको ‘छुन्जु वल्र्ड मार्शल आर्टस मास्टरसिप २०१९’ सहभागिता जनाउने खेलाडी तथा पदाधिकारीलाई नेपाल योङमुदो संघले विदाई गरिएको छ ।

नेपाल योङमुदो संघले साउन १० गते ब्राइटर फ्युचर स्कुल नैकापमा आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि तथा चन्द्रागिरी नगरपालिका मेयर घनश्याम गिरीले खेलाडीहरुलाई टीका तथा खादा लगाएर खेलाडीलाई विदाई गरेका थिए ।

सो अवसरमा मेयर गिरीले प्रतियोगितामा सहभागिता जनाउने खेलाडीलाई शुभकामना दिदै पदक जिते चन्द्रागिरी नगरापालिकाले नगद सहितलाई सम्मानित गर्ने बताए । साथै अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जिते विद्यालयको मात्र नभै नगरपालिकाको नाम पनि उच्च हुने मेयर गिरीले बताए । मेरो शुभकामना छ, उत्कृष्ट प्रदर्शन गर्नुहोस, पदक जितेर ल्याउनु होस, नगरपालिकाले खेलाडीहरुको मनोबल बढाउने कार्य गर्न पछि पर्नेछैन्–गिरीको प्रतिवद्धता जाहेर गरेका थिए ।

त्यस्तै नेपाल योङमुदो संघका अध्यक्ष मोहन कार्कीले विगत तीन वर्षदेखि नियमितरुपमा यो प्रतियोगितामा नेपालका योङमुदो खेलाडीले सहभागिता जनाउँदै आएको खुलासा गरे । गत वर्ष यो प्रतियोगितामा नेपालका ६८ जना खेलाडीले सहभागिता जनाएकोमा ३ जनाले स्वर्ण सहित १९ पदक जितेको वताए । गत बर्ष यो प्रतियोगितामा नेपालले दोश्रो स्थान हासिल गरेको थियो । त्यस्तै अहिले दक्षिण कोरिया तेक्वान्दो पछि योङमुदो मार्फत विश्वमा चिनिन प्रयासरत रहेको पनि कार्कीले बताए ।

यो प्रतियोगितामा सातजना नेपाली खेलाडी अनुमाया तामाङ, सर्मिला तामाङ, नितेश घले, रोशनकुमार गुरुवाचार्य, रोवर्टो कपाली, बिवेक महर्जन र विकास बस्नेत रहेका छन् । त्यस्तै टोलीको नेतृत्व दयाराम थापाले गरेका छन भने रेफ्रीमा अविरल बराल र अफिसियलमा सुमन श्रेष्ठ र सन्तोष खड्का रहेका छन् ।

यो प्रतियोगितामा विश्वका २८ वटा राष्ट्रका खेलाडीहरुले सहभागिता जनाईरहेको अध्यक्ष मोहन कार्कीले जानकारी गराए । खेलाडी विदाई कार्यक्रममा राष्ट्रिय तेक्वान्दो संघका महासचिव राजकुमार कार्की, ग्यालेक्सी पब्लिक स्कुलकी सुरिना गुरुङ, संघका उप–महाचिव लोकेन्द्र आचार्य लगायतको उपस्थिति रहेको थियो । टोली बुधबार जाँदैछ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal