बास्केटबल :  इबीए र सेब क्वाटरफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०५-१०
  • |
  • 235 पटक हेरिएको

इबीए र सेब चौधौं क्विक्स चिजबल ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
इबीएले जुगललाई २८–२२ ले पराजित ग¥यो । इबीएका सुनिल मल्लले १२ अंक जोडे । सेबले बीएनएलाई ३५–३१ ले हरायो । सेबका कृपाल महर्जनले ११ स्कोर गरे ।
जुनियर ब्वाइजमै एन्जल्स हर्टले प्राण्जलीलाई २७–१९ तथा गोल्डेनपिकले पारामाउन्टलाई २९–२० ले पाखा लगाउदै क्वाटरफाइनलमा पुगे । एन्जल्स हर्टका शंकर मगरले ७ तथा गोल्डेनपिकका सुदिन तामाङले १६ स्कोर गरे ।
सिनियर ब्वाइजमा गोल्डेनपिकले न्यु समिटलाई ५६–५० तथा टीआईएले पृथ्वीलाई ४५–३५ ले पन्छ्याउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । गोल्डेनपिकका गोपाल भण्डारीले २६ तथा टीआईएका तेन्जिङ लामाले १३ अंक बटुले ।
सिनियर गल्र्समा आयोजक ग्रिनल्यान्डले भद्रकालीलाई २७–२१ तथा एचएचसीएले हिमालयलाई २९–२० ले निराश पार्दै सेमिफाइनल यात्रा तय गरे । ग्रिनल्यान्डकी स्वीकृति ढकालले ९ तथा एचएचसीएकी अनिता सुनारले १६ स्कोर गरे ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey