बास्केटबल : निम्स सेमिफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०५-१०
  • |
  • 340 पटक हेरिएको

निम्स सातौं उपत्यकाव्यापी रेडिअन्ट कप बास्केटबल प्रतियोगितामा मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ । सिनियर गल्र्समा निम्सले रातो बंगलालाई २१–१६ ले पराजित ग¥यो । निम्सकी डोल्मा तामाङले ६ अंक  जोडिन् ।

जुनियर ब्वाइजमा महामञ्जुश्रीले पुष्पसदनलाई २२–१६ तथा सेबले ग्रिनफिल्डलाई २९–१९ ले हराउदै सेमिफाइनलमा स्थान पक्का गरे । महामञ्जुश्रीका प्रजित अधिकारीले १० तथा सेबका सुमित वज्राचार्यले ६ अंक जोडे ।

सिनियर ब्वाइजमा द एक्सेल्सियरले इनोभेटिभलाई ४०–३९, नेपालयले एरिस एकेडेमीलाई ४५–४३, निम्सले डेनेबलाई ४३–२७, ओसिसले रातो बंगलालाई २३–२२, ग्रिनफिल्डले जेनिअमलाई ४२–२७ र नेपाल सेन्ट्रलले ज्योति एकेडेमीलाई ३३–२८ ले पाखा लगाउदै क्वाटरफाइनलमा पुगे ।

एक्सेल्सियरका कर्मा गुरुङले २२, नेपालयका देव आले मगरले ३७, निम्सका अमिन तामाङले १०, ओसिसका छेडुक लामाले ७, ग्रिनफिल्डका सौरभ पौडेलले १७ र नेपाल सेन्ट्रलका जगरले ११ स्कोर गरे ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey