बाँकी कार्यभार पुरा गर्न ओलम्पिकमा फेरि उम्मेदवारी : जीवनराम श्रेष्ठ

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०५-१०
  • |
  • 260 पटक हेरिएको

नेपाल ओलम्पिक कमिटीको नयाँ नेतृत्व चयनका लागि आउँदो २० गते निर्वाचन हुँदै छ । कोषाध्यक्ष र उपमहासचिव पद बाहेक अरु जम्मै पदमा निर्वाचन हुने सम्भावना देखिएको छ । उम्मेदवारको नाममाथिको दावी विरोध बुधबार सम्म चल्ने र विहीबार अन्तिम नामावली सार्वजनिक भएपछि कुन पदमा कति उम्मेदवार भन्ने टुंगो लाग्ने छ ।

नयाँ व्यवस्था अनुसार यस पटकदेखि नेपाल ओलम्पिक कमिटी १९ सदस्यीय हुने छ । जसमा १७ जना निर्वाचित हुने छन् भने २ जना मनोनित हुने छन् । यस पटक पनि अध्यक्षमा जीवनराम श्रेष्ठ र उमेशलाल श्रेष्ठकै बीचमा प्रतिस्पर्धा हुने छ । यी दुईबीच प्रतिस्पर्धा यसअघिको कार्यसमितिको निर्वाचनमा पनि भएको थियो ।

ओलम्पिक कमिटीको अहिले नेतृत्व गरिरहेका जीवनराम श्रेष्ठ संघीय संसद्का सांसद पनि हुन् । उनी अहिले कानुन निर्माणको ठाउँमा रहकाले खेलकुदसम्बन्धी कानुनहरु निर्माणमा उनको भूमिकाहरु देखिन्छन् ।

अहिले पनि ओलम्पिक कमिटीमा उनको उम्मेदवारीलाई लिएर एकै जना कति पटक भन्ने बहस नभएको पनि होइन् । तर उनले अझै आफूले नेपाली खेलकुदमा केही काम गर्न बाँकी रहेको र त्यो अभिभार पुरा गर्नका लागि निर्वाचनमा पुनः आएको बताए । अहिले २ जना चुनावी प्रतिस्पर्धामा रहे पनि सहमतिको प्रयास भने जारी रहेको उल्लेख गरेका छन् । जीवनराम श्रेष्ठले उम्मेदवारी दर्ता पछि दिएको अभिव्यक्तिको सम्पादित अंश ।

यो उम्मेदवारीको विषय चै नेपालमा ओलम्पिक अभियान नेपालमा १९६३ बाट सुरु भयो र धेरै खालका उतारचडाबहरु हामीले ग¥यौं । र खेलकुद क्षेत्रमा धेरै उकालीओराली हरु पनि हामीले भोग्यौ । देशपनि नयाँ संबिधान, संघिय सरकार , राज्यको पुर्नसंरचण र यो संगसंगै देशपनि स्थिरतामा अगाडि बढेको छ । र खेलकुदको कानुनहरु पनि आउदैछ ।

यो सबै उतारचडाबलाई हामीले अनुभुति गर्दै खेलकुद क्षेत्रलाई एउटा सौहार्दता र सर्वसम्मतको स्थितिमा अगाडि बढाउने भन्ने प्रयासहरु जुन निरन्तर रुपमा हामीले गर्‍यौं । ओलम्पिक अभियानलाई नेपालमा स्थापित गर्ने ब्यापक बनाउने काममा हामी निरन्तर रुपमा लाग्यौ ।

अब पुरानो अध्याय अन्त्य हुदै नयाँ अध्याय सुरु हुदैछ । ओलम्पिक अभियानको उद्धेश्य प्राप्तिको लागि नेपालमा अझ शसक्त ढंगबाट जानुपर्छ भन्ने मान्यता हामीले लिएका छांै । ओलम्पिकको देश र समाजको लागि जुन भुमिका छ यसलाई प्रभावकारि ढंगबाट अगाडि बढाउनका लागि नेपाल सरकारले पनि बजेट अगाडि सारेको छ ।

यो सबै पक्षहरुमा नेपाल ओलम्पिक कमिटिले काम गर्नुपर्छ भन्ने मान्यता हामीले बोकेका छौं । मेरो उम्मेदवारी भनेको यी सबै अस्थिरताहरुको अन्त्य गरेर खेलको माध्यमबाट राष्ट्रको गौरव बढाउने, नागरिकहरुको योगदान बढाउने र पर्यटन क्षेत्रको रुपमा अगाडि बढाउने तथा ओलम्पिकलाई नयाँ ढंगबाट अगाडि बढाउनुपर्छ भन्ने मान्यताले मैले उम्मेदवारी दिएको हुँ । सहमतिको बिषयमा अहिले पनि हामीबिच बिश्वास कायम छ । हामीबिच अहिले पनि कुरा भइरहेको छ ।

नेपालको कानुनी रुपमा र अन्तराष्ट्रिय रुपमा पनि मान्यता प्राप्त भएको छ सोहीअनुरुप एउटै ओलम्पिक भएर अगाडि बढ्ने कुरामा हाम्रो प्रतिबद्धता भैसकेको छ । संगै जानको लागि बिधानबाट पनि ढोका खोलिसकेका छौं । निर्वचनको साथै हामि एकताबद्ध रुपमा अगाडि बढ्ने कामहरु पनि हामी सम्पन्न गर्छाैं ।

अदालती रुपमा दुबैको मान्यता पाइसकेको छ । एक देशमा एउटामात्रै ओलम्पिक रहने चार्टरको व्यवस्था छ । अन्तर्राष्ट्रिय रुपमा जसलाई अन्तर्राष्ट्रिय कमिटीलाई मान्यता दिन्छ त्यसैले काम गर्ने भन्ने हुन्छ । हामीले फरक फरक ढंगबाट आफ्नो कुराहरु गर्ने भन्दा पनि एउटै ओलम्पिक कमिटी बनाउँदा खेलाडीहरुलाई पनि राम्रो हुने भएकाले त्यस तर्फ हामी अग्रसर भएका हौ ।

पहिलो कुरा खेलाडीहरुलाई नै हामीले अगाडी राखेका छौं । खेल क्षेत्रबाट राष्टलाई अघि बढाउन हामी प्रयत्नशिल छौं । ओलम्पिकको मुल्य र मान्यता अनुसार एकताबद्ध भएर जाँउ भन्ने नै हाम्रो मुख्य आधार हो । खेलकुदको सर्वमान्य सिद्धान्त र अन्तर्राष्ट्रिय खेलसंघहरुको मुल्यमान्यताको आधारमा हामीले निर्णय गर्ने हो अगाडी बढ्ने हो । प्रक्रियागतरुपमा उठेका कुराहरुलाई प्रक्रिया मार्फतनै समाधान गरेर अघि बढ्न सकिन्छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey