Mega Bank

ओलम्पिक कमिटीको निर्वाचनकाे साँचाे परिषद् र मन्त्रालयकाे हातमा !

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७६-०५-१०
  • |
  • 67 पटक हेरिएको

नेपाल ओलम्पिक कमिटीको नयाँ कार्यसमितीको चयन हुने दिन नजिकिदै गर्दा आफु त्यो संस्थानमा आउनका लागि दौडधुप सुरु भएको छ । नयाँ कार्यसमितीका लागि ओलम्पिक कमिटीको उम्मेदवारी दर्ता पनि भएको छ । जसमा कुल २५ जनाले उम्मेदवारी दिएका छन् । नयाँ निर्वाचनमा अध्यक्ष, महासचिव, सचिव र सदस्य पदमा कडा प्रतिस्पर्धा हुने भएको छ ।

१९ कार्यसमितिमा अध्यक्षका लागि जीवनराम श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ भने महासचिवमा पुरेन्द्र लाखे र निलेन्द्रराज श्रेष्ठ चुनावी मैदानमा उत्रिएका छन् । उपाध्यक्षमा ८ जनाको उम्मेदवारी परेको छ । जसमा ज्योती राणा, राजिव श्रेष्ठ, सुनिलकुमार श्रेष्ठ, चतुरानन्द राजबैद्य, तेज गुरुङ, अशोक बज्राचार्य, पुष्पदास श्रेष्ठ र समिम मिया अन्सारी छन ।

यस्तै सचिवमा चार जनाको प्रतिस्पर्धा रहेको छन । तीन वटा पदका लागि राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट, तलुशा थापा, रामजीबहादुर श्रेष्ठ, दिपकहर्ष बज्राचार्य रहेका छन । सदस्यमा कुल सात जनामा ८ जनाको उम्मेदवारी परेको छ । मताधिकार पाएको कुल २७ मध्ये २६ जनाको उम्मेदवारी परेको यसपटकको निर्वाचन निकै प्रतिस्पर्धात्मक हुने आंकलन गर्न थालिएको छ ।

अध्यक्ष पदका लागि पुरानै प्रतिद्धन्द्धीहरु फेरी चुनावी मैदानमा उत्रिएका छन् । अघिल्लो कार्यकालमा पनि अन्तिम समयमा चुनावमा उत्रिएका उमेशलाल र अहिले नेतृत्वमा रहेका जीवनराम श्रेष्ठको भिडन्त रोमाञ्चक हुने अपेक्षा गरिएको छ । आफ्ना फरक एजेन्डा बोकेका दुबै जनाले आफ्नो प्रष्ट प्यानल तयार पारेर चुनावी मैदानमा उत्रिएका छन् । उमेशलाल खेलकुद र कर्पोरेट सेक्टरलाई एक साथ लाने अभियामा छन् भने जीवनराम खेलकुद र पर्यटनलाई मिलाएर लानुपर्ने धारणामा छन् ।

अघिल्लो चुनावमा राम्रोसँग होमवर्क गर्न नपाएको भन्दै हारेको बताउने उमेशलाई यसपटक हालको कार्यसमितीसँग असन्तुष्ट रहेका पदाधिकारी र राजनीति तथा ब्यापारीक हिसावले नजिक भएका पदाधिकारीकाे साथ रहेको छ ।

यता जीवनरामको आशा आफुले यो पदमा निरन्तरता पाउने रहेको छ । जसमा उनी ढुक्क पनि देखिएका छन् । ओलम्पिक भवनमा उम्मेदवारी दर्ताको दिन जाँदा दुई प्यानलका पदाधिकारी केहि हदसम्म अलग देखिएका छन् ।

उपाध्यक्षमा कडा प्रतिस्पर्धा

ओलम्पिक कमिटीको नयाँ विधान अनुसार उपाध्यक्षको संख्या ५ पुर्याइएको छ । जसका लागि यसपटक आठ जनाको प्रतिस्पर्धा रहेको छ । केहि नयाँ प्रतिस्पर्धि आएका छन् भने केहि पुरानै रहेका छन् । आठ मध्ये तीन जनाको पत्ता यो चुनावमा काटिने भएको छ । यसपटकको चुनावमा ज्योती राणा, राजिव श्रेष्ठ, सुनिलकुमार श्रेष्ठ, चतुरानन्द राजबैद्य, तेज गुरुङ, अशोक बज्राचार्य, पुष्पदास श्रेष्ठ र समिम मिया अन्सारीले उम्मेदवारी दर्ता गराएका हुन् ।

सचिवमा पनि प्रतिस्पर्धा नै

भनिन्छ, नेपाली खेलकुदको रस लागेपछि त्यसबाट बाहिर निस्कन सजिलो छैन, यस्तैमा पनि ओलम्पिकमा छिर्न पाए विदेशमा सजिलो गरि घुम्न पाइने र आफ्नो दायरलाई फराकिलो गर्न पाइने सोचका साथ ओलम्पिक कमिटीमा छिर्नेको लाइन हुन्छ । यस्तैमा यसपटकको निर्वाचनमा राष्ट्रिय खेलकुद परिषद्का पुर्व सदस्यसचिव केशवकुमार विष्टले आफ्नो दावेदारीता दिएका छन् । उनी नेपाल उसु महासंघबाट ओलम्पिकको निर्वाचनमा गएका हुन् । तर उनले उम्मेदवारी पाएको संघको अन्तराष्ट्रिय मान्यता नै छैन, तीन वटा सचिवका लागि चार जनाको प्रतिस्पर्धा रहेको छ । जसमा विष्टसँगै तुलसा थापा, रामजीबहादुर श्रेष्ठ र दीपकहर्ष बज्राचार्य रहेका छन् ।

विधान परिवर्तनकाे कारण

नेपाल ओलम्पिक कमिटीले निर्वाचनको मिति तय गर्दा विधानमा पनि संसोधन गरेको थियो । जसमा उपाध्यक्ष पाँच जना बनाउने, सचिवको सख्या तीन पुर्याउने लगायतका थिए । यसको भित्री रहश्य केशव विष्ट, पिताम्बर तिम्सिना, तुलशा थापालाई कमिटीमा ल्याउने दाउ नै हो । जसमा पिताम्बर निर्विरोध उपमहासचिवका रुपमा कमिटीमा प्रवेश गर्ने पक्का पक्की भइसकेको छ । बाँकि दुई जनालाई पनि कसरी हुन्छ, जिताउने दाउमा जीवनराम श्रेष्ठको प्यानल लाग्न सक्नेछ ।

नयाँ चुनावका लागि उम्मेदवारी दर्ता पुरा भइसकेको अवस्थामा अब कसले जित्छ भन्ने ठुलो कौतुहल सबैमा उठेको छ । कमिटी भित्रैका पदाधिकारीहरु पनि यसपटकका चुनाव निकै प्रतिस्पर्धात्मक हुने बताउन थालेका छन् । कमिटीका एक पदाधिकारीले भने यसपटक राजीव श्रेष्ठ र पिताम्बर तिम्सिनाको भोटिङ राइट्स आउनु आश्चार्यजनक कुरा रहेको बताए । राजिव नेपाल र्याफ्टिङ संघबाट ओलम्पिक चुनावमा गएका हुन भने पिताम्बर नेपाल एथ्लेटिक्स संघबाट ।

र्याफ्टिङ संघका अध्यक्ष मानबहादुरले ओलम्पिक समिटीसँग अन्तराष्ट्रिय मान्यताको पत्र लिएर गएको केहि दिनमा नै सबैलाई आश्चार्यमा पार्दै नेपाल बक्सिङ संघका पूर्व अध्यक्ष राजीव श्रेष्ठलाई निर्वाचनमा भागलिने अधिकार दिएका थिए । जसका लागि ओलम्पिक कमिटीका केहि पदाधिकारीलाई झट्का नै लागेको थियो । यता पिताम्बरले पनि एथ्लेटिक्स संघबाट भोटिङ राइट्स लिएर आउनु धेरैलाई असह्य भएको छ ।

मन्त्रालय र परिषद्को हातमा साँचो

यसपटकको ओलम्पिक चुनावको साँचो अन्तिममा राष्ट्रिय खेलकुद परिषद र खेलकुद मन्त्रालयमा पुगेको भान भएको छ । किनकी खेलकुद मन्त्रीका प्रिय ब्यक्ति जसले परिषदको उपाध्यक्ष समेत बनाए उनै पिताम्बर यतिबेला ओलम्पिकमा पनि छिर्ने तयारीमा छन् । मन्त्रालयकै विशेष पहलमा पिताम्बरलाई भोटिङ राइट्स दिइएको भन्ने पनि चर्चा छ । नेपाल एथ्लेटिक्स संघको विवाद समाधान गर्दा र साधारण सभामा माैखिक शर्त भएको थियो, ओलम्पिक चुनावमा पिताम्बरलाई पठाइने । सो बेला काठमाडौंमा साधारण सभा गर्न दबावका कारण संभव नभएपछि चितवनमा लगिएको थियो ।

यता हालका राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाल र महासचिवमा उम्मेदवार पुणेन्द्र लाखेको दोस्ती निकै गहिरो छ । ब्यवसायमा समेत पार्टनर रहेका यी दुई बीचको सम्बन्धको प्रभाव यो चुनावमा पर्छ की पर्देन भन्ने ठुलो प्रश्न छ । यदि त्यहि दोस्तीका आधारमा परिषद्ले खेल खेलेमा लाखेमात्र होइन, ओलम्पिकको नतिजा नै उथलपुथल हुन सक्नेछ ।

यदि परिषद्ले दबाव दिएर आफ्नो पकडमा रहेका संघलाई निर्देशन दिएमा उनीहरुले बाध्य भएर त्यहि अनुसार भोट गर्नुपर्ने हुन्छ । यतिमात्र होइन, हाल ओलम्पिकको भोटिङ राइट्समा रहेका पौडी, जुडो लगायतका संघहरुले सिलवालको भनाई मान्नैपर्ने हुन्छ । यदि त्यसो भयो भने ठुलो असर पर्नेछ । होइन, सिलावालले यो चुनावमा आफु विवादमा आउन नचाहने बताए भने अवस्था फरक हुनेछ ।

नियमित प्रतियोगिता नगरेका र विवादित संघ चुनावी प्रतिस्पर्धामा

यसपटकको ओलम्पिक चुनावमा दुई तीन वटा संघहरु नियमित प्रतियोगिता नगरेका संघ छन् । तर ओलम्पिकको विधानमा चुनावमा भागलिने संघले नियमित प्रतियोगिता गरेको हुनुपर्ने उल्लेख छ । यसका साथै टेबल टेनिस, कुस्ती, उसू, तेक्वान्दोमा अझै पनि विवाद कायमै रहेको छ ।
संघ विवादित हुँदा पनि चुनावी मैदानमा उत्रेका पदाधिकारीलाई विधान अनुसार अगाडी जाने हो भने कठिन हुनेछ ।

भर्खरै

Advertisement