Mega Bank

ओलम्पिक कमिटिका २७ मध्ये २६ मतदाता उम्मेदवार!

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७६-०५-१०
  • |
  • 57 पटक हेरिएको

राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना नेपाल ओलम्पिक कमिटीको सह महासचिव पदमा निर्विरोध चयन भएका छन् । उनी नेपाल एथ्लेटिक्स संघबाट प्रतिनिधिको रुपमा ओलम्पिक प्रवेश गरेका हुन् ।

ओलम्पिक कमिटीको निर्वाचनमा २७ मतदाता मध्ये २ जनाले विभिन्न पदमा उम्मेदवारी दिएका छन् । अध्यक्षमा २, उपाध्यक्षमा ८, महासचिवमा २, सचिवमा ४, सदस्यमा ८ कोषाध्यक्षमा १ र सहमहासचिवमा १ जनाले उम्मेदवारी दिएका हुन् ।
कार्यसमिति सदस्य कोषाध्यक्ष र सहमहासचिव निर्विरोध चयन भएका छन् । दावी विरोधको समय सकिएपछि विहीबार उम्मेदवारको नाम सार्वजनिक हुने छ ।

उम्मेदवारी नदिएका मतदाताहरुमा जिम्न्याष्टि संघबाट ओलम्पिकका पूर्व अध्यक्ष धु्रबबहादुर प्रधान, बक्सिङका राम अवाले, बास्केटबलका होमबहादुर दोङ र गल्फका टासी घले हुन् ।

भदौ २० गतेहुने कार्यसमितिको निर्वाचनका लागि बहालवाला अध्यक्ष जीवनराम श्रेष्ठ र पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठले अध्यक्ष पदमा उम्मेद्वारी दर्ता गरेका छन् । अघिल्लो चुनावमा पनि यी दुईले नै प्रतिस्पर्धा गरेका थिए ।

पाँच उपाध्यक्षका लागि ८ जनाको उम्मेदवारी परेको छ । ज्योती राणा, राजिव श्रेष्ठ, सुनिलकुमार श्रेष्ठ, चतुरानन्द राजबैद्य, तेज गुरुङ, अशोक बज्राचार्य, पुष्पदास श्रेष्ठ र समिम मिया अन्सारीले उम्मेदवारी दर्ता गराएका हुन् । एक मात्र उम्मेदवारी परेपछि कोषाध्यक्षमा रतन तण्डनले नै निरन्तरता पाउने भएका छन् ।

राष्ट्रिय खेलकुद परिषद्का निवर्तमान सदस्यसचिव केशबकुमार विष्टसहित ४ जनाले सचिव पदका लागि उम्मेदवारी दिएका छन् । तुलसा थापा, रामजीबहादुर श्रेष्ठ र दीपकहर्ष बज्राचार्य यस पदका लागि प्रतिस्पर्धामा छन् । सचिव पदमा तीन जना निर्वाचित हुने छन् ।

सात सदस्यमा आर्चरीका रमेशप्रसाद सिवाकोटी, फुटबलका दीर्घबहादुर केसी, बास्केटबलका होम डोङ, गल्फका टासी घले, साइक्लिङका गोपालसुन्दर कक्षपती, बक्सिङका राम अवाले, भलिबलका मनोरञ्जनरमण शर्मा र तेक्वान्दोका प्रकाश राणाले आफ्नो उम्मेदवारी दिएका छन । ओलम्पिक कमिटीको १९ सदस्यीय कार्यसमिति मध्ये १७ जना निर्वाचित हुनेछन् ।

भर्खरै

Advertisement