रूस विश्वकप नजिते मेस्सीले सन्यास लिने

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-०६
  • |
  • 178 पटक हेरिएको

चैत्र ६ । ब्यवसायीक खेल जीवनमा सफल खेलाडी मानिएपनि राष्ट्रिय टिमबाट उल्लेख्य सफलता दिलाउन नसकेका स्टार खेलाडी लियोनल मेसीले रसिया विश्वकपको उपाधि नजित फेरी अन्तराष्ट्रिय खेल जीवनबाट सन्यास लिने संकेत गरेका छन ।

क्लव फुटबलमा एकपछि अर्को किर्तीमान बनाउँदै आएका मेसीले राष्ट्रिय टिमबाट भने ठुलो उपाधि जित्न सकेका छैन । त्यसमा पनि उनको मुख्य लक्ष्य आफ्नो कप्तानीमा विश्वकपको उपाधि उचाल्नु रहेको छ ।

२०१४ मा ब्रजिलमा भएको विश्वकपमा फाइनलमा पुगेर जर्मनीसँग एक शुन्यले हारेपछि मेसीले अप्रत्यासित रुपमा सन्यासको घोषणा गरेका थिए ।

तर केहि महिना पछि उनले आफ्नो घोषणालाई फिर्ता लिदै पुनः राष्ट्रिय टिममा फर्किएका थिए ।

अर्जेन्टिना दक्षिण अमेरीकी फुटबल प्रतियोगिता कोपा अमेरीकामा पनि फाइनलमा पुगेर ३ पटक पराजित भइसकेका छ । जसका कारण पनि मेसीलाई उपाधिको भोक लागेको हो ।

मेसीले एक सञ्चारमाध्यमसँग अन्तरवार्ता दिदै भनेका छन यदि रसिया विश्वकपको उपाधि अर्जेन्टिनाले जित्न सकेन भने राष्ट्रिय टिममा बस्नु ठिन नहुने ठानेको छु, यसपटकको विश्वकपको उपाधि अर्जेन्टिनाले जित्नेमा विश्वस्त रहेको पनि उनले बताए ।

मेसीले राष्ट्रिय टिमको जर्सिबाट एक सय २३ क्याप जितेका छन । जसमा उनले ६१ गोल गरिसकेका छन । अर्जेन्टिना विश्वकपको समुह डीमा रहेको छ । सो समुहमा अर्जेन्टिनासँगै आइस्ल्याण्ड, क्रोएसिया र नाइजेरीयासँग खेल्नेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey