ओलम्पिक कमिटीकाे निर्वाचनमा सचिवको दाउमा केशव विष्ट

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०५-०९
  • |
  • 181 पटक हेरिएको

नेपाली राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव केशवकुमार विष्ट नेपाल ओलम्पिक कमिटीको आसन्न निर्वाचनमा नेपाल उसु महासंघबाट भोटिङ राइट्स लिएर गएका छन ।

परिषद्को सदस्य सचिव पदबाट बाहिरीएको केहि दिनमा नै उनले नेपाल उसु महासंघमा आफ्नो उपस्थिती जनाएका थिए । त्यसपछि उनलाई उसु महासंघले ओलम्पिकको भोटरका रुपमा नाम पठाएको छ ।

ओलम्पिक कमिटीले सार्वजनिक गरेको अन्तिम नामावलीमा विष्टि नेपाल उसु महासंघबाट प्रतिनिधि बनेका छन । यतिमात्र होइन विष्ट ओलम्पिक कमिटीको सचिव पदका लागि पनि दावेदारीता दिने दाउमा रहेको स्रोतले बताएको छ ।

चार बर्ष राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिवमा विताएका विष्ट ओलम्पिकमा भोटिङ राइट्स लिएर जानुको मुख्य कारण नै पदका लागि रहेको स्रोतले बतायो ।

भदौ २० गते हुने ओलम्पिकको निर्वाचनमा कुल २७ जनाको भोटिङ राइट्स रहेको छ । निर्वाचनका लागि भाेटिङ राइट्स रहेका पदाधिकारीकाे सूची

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey