भारतीय ब्याटमिन्टन खेलाडी सिन्धुले विश्व च्याम्पिनयसिपमा नयाँ इतिहास बनाइन्

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०५-०८
  • |
  • 428 पटक हेरिएको

विश्व ब्याटमिन्टन च्याम्पियनसिपमा भारतीय खेलाडी पीभी सिन्धुले स्वर्णपदध जितेकी छिन् । विश्व च्याम्पियनसिपमा ब्याटमिन्टनमा स्वर्ण जित्ने उनी पहिलो खेलाडी बनेकी छिन ।

भारतीय शीर्ष बरियताकी सिन्धुले साविक विजेता जापनीज खेलाडी नोजोमी ओकुहारालाई दुई शुन्यको सोझो सेटमा पराजित गरिन् । स्विट्जरल्याण्डमा भएको बीडब्लुएफ ब्याटमिन्टन च्याम्पियनसिपमा सिन्धुले नोजोमीलाई २१–७ र २१–७ को सोझो सेटमा हराइन । विश्व बरियतामा पाँचौ स्थानमा रहेकी सिन्धुले ३७ मिनेटमा नै विपक्षीलाई पाखा लगाइन । यसका साथै उनले नोजोमी विरुद्ध आफ्नो करियर रेकर्ड नौ सातमा पुर्याएकी छिन ।

उनले यसअघि २०१७ र २०१८ मा रजत तथा २०१३ र २०१४ मा काश्य पदक जितेकी थिइन् । उनले ओलम्पिकमा पनि रजत पदक जितेकी थिइन् ।

पहिलो सेटदेखि नै उत्कृष्ट खेलेकी सिन्धुले नोजोमी विरुद्ध सुरुवातमा नै पाँच एकको अग्रता बनाएकी थिइन् । त्यसपछि पनि आफ्नो प्रभाव जमाउदै उनले एक सय १२–२ को अवस्थामा सेटपुर्याइन् । १६ मिनेटमा पहिलो सेट जितेकी उनले अन्ततः २१–७ ले सेट आफ्ना पक्षमा पारीन् ।
दोस्रो सेटमा पनि उनले उत्कृष्ट खेल्दे १४–४ को अवस्थामा रहेको सेटमा विपक्षीलाई अरु तीन अंकमात्र जोड्न दिइन् । उनले दोस्रो सेटपनि २१–७ ले नै आफ्नो पक्षमा पारिन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey