डब्ल्यु डब्ल्यु ई र युएफसीमा चम्किएका ब्रक लेस्नर

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०५-०८
  • |
  • 343 पटक हेरिएको

डब्ल्यु डब्ल्यु ई मा सबैभन्दा खतरनाक र रिसाहा रेस्लरको रुपमा चिनिने रेस्लर हुन् ब्रक लेस्नर, उनको जन्म १९७७ मा अमेरिकाको साउथ डेकोटमा भएको थियो । उनलाई डब्ल्यु डब्ल्यु ई मा द बिस्टको नामले चिनिन्छ ।

डब्ल्यु डब्ल्यु ई रिङमा कमै मात्रामा देखिने ब्रक लेस्नर युएफसी च्याम्पियन पनि हुन् । उनको रेस्लिङ करियरको कुरा गर्दा उनले २००० देखी रेस्लिङ खेल्न सुरु गरेका थिए । र उनीमात्रै एउटा रेस्लर थिए जो एकैसमय प्रोफेसनल रेस्लिङ र मिक्स मार्सलआर्ट च्याम्पियन भएका थिए । त्यसै समयदेखी ब्रक डब्ल्यु डब्ल्यु ई मा रेस्लरको रुपमा चर्चित भएका थिए ।

पल हेमनको साथमा मिलेर ब्रकले डब्ल्यु डब्ल्यु ई मा इतिहास रचेका थिए । उनले हल्क होगन, रिक फ्लेयर, दि अन्डरटेकर र कर्ट एङगललाई हराएर त्यस समयको कम उमेरको रोयल रम्बल बिजेता, किंग अफ दि रिंग र डब्ल्यु डब्ल्यु ई च्याम्पियन बन्न सफल भएका थिए । १२९ किलो बराबरको तौल भएका ब्रक लेस्नरलाई एक खतरनाक रेस्लरको रुपमा चिनिन्छ । उनको एफ ५ र सुप्लेक्स सिटी मुख्य र खतरनाक मुब्सको रुपमा लिइन्छ ।

ब्रक लेस्नर रिपब्लिकन पार्टिको समर्थक हुन भने उनी अमेरिकाको नेसनल राइफल एसोसिएसनको सदस्य पनि रहेका छन् । उनले २०१८ सम्म डब्ल्यु डब्ल्यु ई को इतिहासमा २२८ खेलमा १६४ खेल जितेका छन् भने २० खेल हारेका छन् र ४४ खेल नतिजाबिहिन रहेको छ । उनी ५ पटक डब्ल्यु डब्ल्यु ई वल्र्ड हेभिवेट च्याम्पियन रहेका छन् भने १ पटक युनिभर्सल च्याम्पियन बनेका छन् ।

साथै ब्रक लेस्नर युएफसी च्याम्पियन पनि हुन् । उनी २००८ को युएफसी हेभीवेट च्याम्पियन हुन् । ब्रक लेस्नरले उतm उपाधिको लागि र्यान्डी लाई दोस्रो राउन्डमा पराजित गरेका थिए । त्योभन्दा पहिले उनी २ पटक फाइनलमा पुगेर पनि युएफसी जित्न सकेका थिएनन् । स्वास्थ्य खराब भएका कारण ब्रक लेस्नरले २०११ मा युएफसीबाट सन्यासको घोषणा गरेका थिए ।

युएफसीबाट सन्यास लिएपनि ब्रक लेस्नर डब्ल्यु डब्ल्यु ई मा भने देखिन्छन् । ब्रक लेस्नर अहिले ४२ वर्षका भैसकेका छन् र उनले डब्ल्यु डब्ल्यु ई बाट पनि छिट्टै सन्यास लिने खबरहरु बेलाबखत सुनिन्छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey