एकदिवशीय मान्यता प्राप्त नेपाली टोली स्वदेश फिर्ता, विमानस्थलमा भव्य स्वागत

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-०५
  • |
  • 189 पटक हेरिएको

चैत ५, काठमाडौं । जिम्बावेमा भएको एकदिवशीय विश्वकप छनोटमार्फत अन्तर्राष्ट्रिय एकदिवशीय मान्यता हासिल गरेको नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार स्वदेश फर्किएको छ ।

सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको नेपाली टोलीलाई युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले स्वागत गरेका थिए ।

एकदिवशीय मान्यता प्राप्त टोलीको स्वागतका लागि नेपाली क्रिकेट सपोटस सोसाइटी लगायत सयौंको संख्यामा नेपाली समर्थकहरु विमानस्थल पुगेका थिए ।

विमानस्थलमा टोलीको स्वागत गर्दै समर्थकहरुले नेपाल क्रिकेट संघको विवाद समाधानका साथै एकदिवशीय मान्यता पाएको मुलुकमा एउटा पनि सुविधासम्पन्न रंगशाला नभएकोप्रति आक्रोश ब्यक्त गरेका थिए ।

समर्थकहरुले ‘ओडीआई स्टाटस पाइयो, रंगशाला चाहियो’, ‘टुँडिखेलमा खेलेर विश्वकपमा पुगिँदैन’, क्यान विवादको समाधान गर’, ‘मूलपानी रंगशाला छिटो सम्पन्न गर’ लगायतका नारा लगाएका थिए ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal