डवल लिग बास्केटबलमा आर्मीको अपराजित यात्रा कायमै

0

चैत ५, काठमाडौं । काठमाडौंमा जारी डवल लिग बास्केटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लवले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । लिगमा लगातार ११औं जित निकाल्ने क्रममा आर्मीले जेभियर इन्टरलेशनल कलेजलाई उसकै कोर्टमा ९३–७३ को फराकिलो स्कोरले हरायो ।

जितसँगै ११ खेलबाट ३३ अंक जोडेको आर्मी यसअघि नै प्रतियोगिताको प्लेअफमा पुगिसकेको छ ।
सोमबारको खेलमा पहिलो क्वार्टरमा २८–२३ को जित हासिल गरे पनि घरेलु टोली जेभियर बाँकी तीनै क्वार्टरमा कमजोर देखियो ।

आर्मीले क्रमसः तीन क्वार्टर २२–१६, २२–१४ र २६–१५ को जित निकालेको थियो । आर्मीका आयुस सिंह खेलको म्यान अफ द म्याच बने भने आर्मीदै सधिश प्रधानले सर्बाधिक २६ स्कोर गरेका थिए ।

यसअघि सोमबारै भएको खेलमा कीर्तपुर बास्केटबल टिमसँग पराजित भएपछि बिशाल मिलन केन्द्रले प्लेअफमा स्थान सुरक्षित बनाउन अर्को खेल कुर्नुपर्ने भएको छ । घरेलु कोर्टमा कीर्तिपुरले बिशाल मिलन केन्द्रलाई ६०–५१ को स्कोरले हरायो । कीर्तिपुरले चार क्वार्टरमा १८–८, १३–१४, १९–१५ र १०–१४ को नतिजा निकालेको थियो । खेलमा ११ स्कोर गरेका कीर्तिपुरका अनिल खड्गी खेलको म्यान अफ द म्याच चुनिए ।

जितपछि १० लिगखेलबाट १५ अंक जोडेको कीर्तिपुरको प्लेअफमा पुग्ने सम्भावना जीवितै छ । उसले लिग चरणमा चार खेल खेल्न बाँकी छ । यता ११ खेलबाट २४ अंक जोडेको बिशाल मिलन केन्द्रले भने प्लेअफमा स्थान सुरक्षित गर्नका लागि अर्को खेल जित्नुपर्ने भएको छ । कम्तिमा १ जितको उसको प्लेअफ यात्रा सुरक्षित हुनेछ ।

Post Add 1025X115
Loading...