प्रथम अन्तर्राष्ट्रिय कराते आइतबारदेखि

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१२
  • |
  • 345 पटक हेरिएको

माघ १२, काठमाडौं । आइतबारदेखि प्रथम अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगिता हुने भएको छ ।

नेपाल खेलकुद महासंघको आयोजनामा हुने तीनदिने प्रतियोगितामा नेपालसहित सार्कका ६ टिमको सहभागिता रहनेछ ।

आइतबारदेखि मंगलबारसम्म सातदोवाटोस्थित अन्तराष्ट्रिय खेलकुद परिषरमा हुने प्रतियोगितामा माल्दिभ्स र अफगानिस्तानबाहेक सार्कका सबै मुलुकका करिव ५०० खेलाडीले सहभागिता जनाउनेछन् ।

काठमाडौंमा पत्रकार सम्मेलन गरी महासंघले दिएको जानकारीअनुसार प्रतियोगितामा ७० स्वर्ण, ७० रजत र १४० काश्यका लागि प्रतिस्पर्धा हुनेछ ।

कुमुतेतर्फ ५८ स्वर्णका लागि ६ उमेर समूहका खेलाडीबीच प्रतिस्पर्धा हुनेछ भने कातातर्फ ६ उमेर समूहमै १२ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey