एन्फाको खेलाडी संघको निर्वाचन भोली हुँदै

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-०५
  • |
  • 214 पटक हेरिएको

अखिल नेपाल फुटबल संघ अन्तर्गतको विवादका कारण रोकिएको खेलाडी संघको निर्वाचन भोली हुने भएको छ ।

गत माघ २२ गते हुने भनिएको खेलाडी संघको चुनाव सस्थागत पक्षले खेलाडीलाई थाहा नदिई  नामावलीमा हस्ताक्षर गरेको भन्दै विवाद भएको थियो । जसका कारण तोकेको मितीमा चुनाव हुन सकेको थिए ।

खेलाडी संघको अध्यक्षका लागि पूर्व राष्ट्रिय खेलाडीद्वय राजेश मानन्धर र अनिल गुरुङ चुनावी मैदानमा छन् ।

त्यस्तै नवलपरासी जिल्ला फुटबल संघको निर्वाचन चैत १० गतेलाई तय भएको छ ।

एन्फाको चुनाव चैत १४ गते हुँदैछ ।  एन्फा निर्वाचन एक अध्यक्ष, ४ उपाध्यक्ष र ११ सदस्यको लागि निर्वाचन हुँदैछ । एक महिला सदस्यमा भने पेमा लामा निर्विरोध भएकी छन् ।

एन्फा अध्यक्षमा मणि कुवँर र कर्मा छिरिङ शेर्पा चुनावी मैदानमा छन् । चार उपाध्यक्षको लागि ९ जनाले उम्मेद्बारी दर्ता गराएका छन् । महासचिव र कोषाध्यक्ष भने निर्वाचित कार्यसमितिले चयन गर्नेछन् ।

निर्वाचनमा ४५ जिल्ला फुटबल संघबाट समान १, १४ ‘ए’ डिभिजन क्लबबाट समान १, ‘बी’ डिभिजन मध्येबाट ९, ‘सी’ डिभिजन क्लबबाट ५, महिला समिति, रेफ्री संघ, प्रशिक्षक संघ र खेलाडी संघबाट समान १ गरी ७७ मतदाता रहेका छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey