क्यानको विशेष साधारणसभा बोलाउन कार्यसम्पादन समिति बनाइने

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-०५
  • |
  • 183 पटक हेरिएको

चैत ५, काठमाडौं । नेपाल क्रिकेट संघको निर्वाचित समितिले अन्तर्राष्ट्रिय क्रिकेट परिषदको निर्देशनअनुसार विशेष साधारणसभा बोलाउने प्रक्रियाका लागि कार्यसम्पादन समिति बनाउने निर्णय भएको छ ।

अध्यक्ष चतुरबहादुर चन्दलाई ५ सदस्यीय कार्यसम्पादन समिति बनाउने अख्तियारी दिइएको छ । समितिमा अध्यक्ष चन्द सहित महासचिव अशोक प्याकुरेल, कोषाध्यक्ष राजुबाबु श्रेष्ठ, उपाध्यक्षमध्येबाट १ जना र सदस्य मध्येबाट १ जनाको समिति बनाइनेछ ।

आइसिसीले सल्लहकार समितिले बनाएको क्यानको संशोधित विधान अक्षरसः पास गर्न भन्दै निर्वाचित समितिलाई मार्च २० तारिखसम्म विशेष साधारणसभा बोलाउन निर्देशन दिएको थियो । तर त्यो मिती भोलि सकिँदैछ । आईसीसीको म्याण्डेट अनुसार मार्च २० सम्ममा साधारणसभा सम्पन्न भइसक्नुपर्ने थियो, तर, अहिलेसम्म साधारणसभाका लागि

अध्यक्ष चन्दले सोमबार महासचिव अशोकनाथ प्याकुरेलसहित ५ देखि ७ सदस्यीय समिति बनाएर चाँडै साधारणसभाको मिति तय गर्ने बताए । समितिले साधारणसभाको मिति तय गर्ने र त्यसका लागि सार्वजनिक सूचना जारी गर्नेछ ।

चन्दले साधारणसभाको मिती भन्दा अगाडि आइसीसीले पठाएको विधानमा उल्लेख गरिएको साधारण सदस्यताको व्यवस्था प्रस्ट पारिनुपर्ने दाबी गरेका छन् । तर, आईसीसीले सल्लाहकार समितिले बनाएको बिधान हुवहु लागू गरेमात्र निलम्बन फुकुवा हुने प्रष्ट पारिसकेको अवस्थामा चन्दको तर्क कमजोर हुनसक्छ ।

विधानसम्मत रूपमा बिनाविवाद सम्पन्न भएका जिल्ला संघको अधिवेशनलाई मान्यता दिनुपर्ने र हाल विद्यमान विधानका कारण साधारण सभाबाट नयाँ विधान पास गर्दा आउने सम्भावित प्राविधिक जटिलताको विषयमा पहिल्यै विश्वासको वातावरण बनाउनुपर्ने उनको भनाई छ ।

साथै उनले अब एक महिनामा विशेष साधारण सभाको आयोजना गरेर नयाँ विधानलाई पारित गर्ने पनि बताए । आइसीसीले नेपालमा आएर तीनै पक्षसँगको छलफल पछि निर्वाचित भनिएको क्यानलाई आफ्नो कार्यदिशा दिएको थियो । तर सो कार्यदिशाअनुसार क्यानले अहिलेसम्म केहि काम गरेको छैन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey