पदककाे भाेक नमेटेका विनाेद र कुशलकाे आसन्न सागमा फरक चाहना (भिडियाे कुराकानी)

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०५-०६
  • |
  • 297 पटक हेरिएको

दक्षिण एसियाली खेलकुद सागका लागि नेपाली कराते टिमले तयारी जारी राखेको छ । अर्को साता छनोट प्रतियोगिता भएपछि कुल ३२ जना खेलाडी बन्द प्रशिक्षणमा बस्नेछन् । अन्तिम चरणको छनोटमा पर्नका लागि खेलाडी मेहनत गरिरहेका छन् ।

पछिल्लो दुई महिनादेखि नेपाली टिम सातदोबाटो स्थित कराते हलमा प्रशिक्षण गरिरहेका छन् । नेपाली टिमलाई कुशल श्रेष्ठले प्रशिक्षण गराइरहेका छन् । एक स्वर्ण र रजत सहित दक्षिण एसियली खेलकुदमा चार पदक जितेका कुशल श्रेष्ठ अहिले प्रशिक्षकको भूमिकामा छन् । उनी आफ्ना खेलाडीलाई अब्बल बनाएर आठौं सागपछि कै सबैभन्दा राम्रो नतिजा ल्याउनका लागि प्रयास गरिरहेका छन् ।

दशौं र एघारौं दक्षिण एसियाली खेलकुदमा कुशलसँगै खेलेका विनोद शाक्य एउटा स्वर्ण पदकले सन्तुष्ट छैनन् । सागमा उनले एक स्वर्ण र एक कास्य जितेका छन् । तर, घरेलु मैदानमा हुन लागेको सागमा एउटा स्वर्ण थप्ने इच्छासँगै उनी मेहनत गरिरहेका छन् ।

उमेरले विनोद ४३ वर्षका भए तर, उनको जोश देखेर लाग्छ उनी २०औं मा हिँडिरहेका छन् । कुशल र विनोदसँग नेप्लेज टिभीले सागको तयारी, नेपाली करातेको अहिलेको अवस्था, सम्भावना र चुनौतिको विषयमा कुरा गरेको थियो ।

पूरा कुराकानीका लागि हेराै भिडियाे

 

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey