टि–२० ट्राइ सिरिजको उपाधि भारतलाई

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-०५
  • |
  • 138 पटक हेरिएको

चैत ५ । दिनेश कार्तिकले अन्तिम बलमा छक्का प्रहार गरेपछि बंगलादेशलाई हराउँदै भारतले श्रीलंका पनि सम्मिलित टि–२० ट्राइ सिरिजको उपाधि उचालेको छ ।

भारतले बंगलादेशलाई ६ विकेटले हराउँदा भेट्रान ब्याट्सम्यान दिनेश कार्तिक खेलको नायक बने । बंगलादेशले दिएको १६७ रनको लक्ष्य पछ्याएको भारत कुनै समय हारको निक्कै नजिक थियो । भारतलाई अन्तिम २ ओभरमा ३४ रन आवश्यक थियो ।

पाँचौं विकेटका रुपमा मनिष पाण्डे आउट भएपछि आएका दिनेश कार्तिकले जम्मा ८ बल खेले, तर डेथ ओभरमा बलिङ गरेका दुई बंगलादेशी बलर रुवेल हुसेन र सौम्य सरकारको ‘धोवी धुलाई’ गरे । उनलाई अर्को एण्डबाट विजय शंकरले सहयोग गरे ।

कार्तिकले रुवेल हुसेनको १९औं ओभरमा दुई छक्का, दुई चौका र २ रन लिएपछि भारतलाई अन्तिम ओभरमा जितका लागि १४ रन आवश्यक भयो । सौम्य सरकारले पहिलो बल वाइड फाले भने बाँकी तीन बलमा २ रनमात्र दिए । जितका लागि भारतलाई बाँकी ३ बलमा ९ रन आवश्यक भयो । चौथो बल विजय शंकरले चौका प्रहार गरे । पाँचौं बलमा शंकर आउट हुन पुगे । अन्तिम बलमा भारतलाई जितका लागि ५ रन आवश्यक रहेकोमा कार्तिकले छक्का प्रहार गरे ।

कप्तान रोहित शर्माले पनि भारतका लागि ५६ रनको अर्धशतकीय पारी खेलेका थिए ।

यसअघि कोलम्बोस्थित आर प्रेमदाशा रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले सविर रहमानको ७७ रनको सहयोगमा ८ विकेट गुमाएर १६८ रन जोडेको थियो । बलिङमा भारतका युजवेन्द्र चहलले ३ विकेट लिएका थिए ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal