राखेपका उपाध्यक्ष तिम्सेना एनओसीमा एथ्लेटिक्सबाट प्रतिनिधि!

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०५-०४
  • |
  • 418 पटक हेरिएको

नेपाल ओलम्पिक कमिटीको नयाँ निर्वाचनका लागि मताधिकार प्रयोग गर्ने प्रतिनिधिको टुंगो लागेको छ । आगामी २० गते हुने निर्वाचनका लागि नयाँ अनुशारका रुपमा राष्ट्रिय खेलकुद परिषद् राखेपका उपाध्यक्ष पिताम्बर तिम्सेना आएका छन् ।

नेपाल एथ्लेटिक्स संघबाट अध्यक्ष राजीव विक्रम शाहीको ठाउँमा उपाध्यक्ष तिम्सेना प्रतिनिधिको रुपमा ओलम्पिक कमिटीको मताधिकार लिएर गएका हुन् । एथ्लेटिक्स संघका अध्यक्ष शाहीले सबैसँग सहकार्य गरेर जाने नीति अनुसार तिम्सेनालाई ओलम्पिक कमिटिमा मताधिकार दिइएको नेप्लेजलाई बताए ।

त्यस्तै, बर्तमान कार्यसमितिमा उपमहासचिव रहेका राजीव श्रेष्ठ क्यानोइङ संघबाट मताधिकार लिएर आएका छन् । यसअघि उनी बक्सिङ संघबाट आएका थिए ।

नयाँ कार्यसमिति १९ सदस्यीय हुनेछ । यसअनुसार अध्यक्ष, पाँच उपाध्यक्ष, महासचिव, सहमहासचिव, कोषाध्यक्ष, तीन सचिव र सात सदस्य रहनेछन् । त्यस्तै, निवर्तमान अध्यक्ष मानार्थ अध्यक्ष रहने प्रावधान हटाइ कुनै पनि पूर्वअध्यक्षहरुलाई मानार्थ बनाउने प्रावधान हालै विधान संशोधन गरेर राखिएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey