Mega Bank

सागको पुर्वाधार तोकेको समयमा तयार पार्न खेलकुद मन्त्रीको निर्देशन

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७६-०५-०४
  • |
  • 122 पटक हेरिएको

दक्षिण एशियाली खेलकुद अन्तर्गत पोखरामा खेलाईने सबै खेलका पुर्वाधार समयमै तयार गर्न युवा तथा खेलकुद मन्त्रालयले ठेकेदार र खेल पदाधीकारीलाई निर्देशन दिएको छ ।

डिसेम्बर १ देखि १० सम्म नेपालमा आयोजना हुने १३ औँ सागका आठवटा खेलका निर्माणाधिन र मर्मत गर्नुपर्ने पुर्वाधार समयमै सक्न खेलकुद मन्त्रालयले निर्देशन दिएको छ । खेलकुद मन्त्री जगत बहादुर बिश्वकर्माले पोखरा रंगशालामै पुगेर अवलोकन पश्चात आगामी कार्तीक १५ गते भित्र सबै पुर्वाधार तयार हुने बताए ।

पोखरा रंगशालामा निर्माणधिन फुटबल मैदानका लगाी घाँस भारतको कोलकत्ता, प्यारापिट फ्रान्स र सिन्थेटिक ट्रयाक जर्मनबाट ल्याएर जडान गरिने छ । २० हजार दर्शक अट्नेगरी बनाउन लागीएको प्यारापिट सागसम्ममा ८ हजार दर्शक अट्ने बनाईने निर्माण को जिम्मा पाएको भारतीय कम्पनी ग्रेट स्पोर्टस एण्ड एम.ए कन्ट्रक्सन जवलाखेल ललितपुर (जे.भी) ले जनाएको छ ।

मल्टीपल कभर्डहल भित्रको फिनिसीङ, प्याराग्लाईडिङ का लागी जग्गा छनौट पनि बजेट समस्या नभएकाले तोकिएको समयमै सकिने मन्त्री विश्वकर्माले बताए । त्यस्तै भारत्तोलनका लागी पोखरा सभागृहको मर्मतका लागी पोखरा महानगरसँग कहकार्य गरी समयमै तयारी पारीने जनाईएको छ ।

भर्खरै

Advertisement