Prabhu Bank

२० वर्षे ओसाकाले जितिन इन्डियाना वेल्सको उपाधि

Kelme Nepal
Mega Bank
  • नेप्लेज
  • |
  • २०७४-१२-०५
  • |
  • 0 पटक हेरिएको

अमेरीकामा सम्पन्न इन्डियाना वेल्स टेनिसको महिला तर्फको उपाधि जापानीज खेलाडी नायोमी ओसाकाले जितेकी छिन ।

बरियता विहिन ओसाकाले फाइनलमा रसियन खेलाडी डारीया कासात्किनालाई पराजित गर्दै करियरको पहिलो उपाधि उचालिन ।

क्यालिफोर्नियामा भएको खेलमा ओसाकाले डारीयालाई दुई शुन्यको सोझो सेटमा हराइन । २० बर्षे ओसाकाले उत्कृष्ट प्रदर्शन गर्दैै पहिलो सेटमा ६–३ को जित निकालिन ।

दोस्रो सेटमा पनि राम्रो लय समातेकी ओसाकाले डारीयालाई खेलमा फर्कने मौका नै नदिई ६–२ ले आफनो पक्षमा पारिन र करियरको पहिलो उपाधि उचालिन ।

यसका साथै ओसाका इन्डियाना वेल्सको उपाधि जित्ने सबै भन्दा कान्छी खेलाडी बनेकी छिन ।

करिव एक दशक अगाडी एना इभानोभिचले कम उमेरमा उपाधि जित्ने खेलाडी बनेकी थिइन ।

यो प्रतियोगितामा मात्र एक सेट हारेकी ओसाकाले मारिया सारापोभा, कारोलिना पिल्सकोभा र विश्व बरियतामा शिर्ष स्थानमा रहेकी सिमाना हलेपलाई पराजित गरेकी थिइन ।