प्यारापिटको छानो र सिट आउने मिति तय गर्न सदस्यसचिव सिलवाल चीन प्रस्थान

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०५-०३
  • |
  • 188 पटक हेरिएको

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाल मंगलवार चीन प्रस्थान गरेका छन् ।

बिदाईका अवसरमा सदस्य–सचिव सिलवालले भने– १३ औं दक्षिण एशियाली खेलकुदको उद्घाटन तथा समापनको रुपमा रहेको दशरथ रंगशालाको भिआईपी प्याराफिटको छाना निर्माणका लागि अवाश्यक पर्ने सामान बोलपत्र मार्फत जिम्मेवारी लिएका सम्बन्धीत कम्पनीले कस्तो अवस्थामा कार्य गदैछन्, सामानको गुणस्तर मापन र ढुवानी मितिको निश्चिताका लागि चीन जान लागेको जानकारी दिए ।

उनले भने ‘भिआईपी प्यारापीटमा जडान गरिने सिटको निश्चित गर्ने र उद्घाटन समारोहलाई भब्य र सब्य बताउन कुन खालको प्रविधि अपनाउन सकिन्छ, त्यसको जानकारी लिने भ्रमणको उद्देश्य रहेको छ ।’

सदस्य–सचिव सिलवालको भ्रमणका अवसरमा नेपाली खेलकुदको विकास र बिस्तारमा चीनीया खेलकुदका उच्च पदाधिकारीसँग छलफल गर्ने कार्यक्रम पनि रहेको छ ।

सदस्य–सचिव सिलवाललाई राष्ट्रिय खेलकुद परिषद्को बिभागिय प्रमुख कुलवहादुर थापा,प्रचार प्रसार शाखा प्रमुख दुर्गाप्रसाद दुलाललगायतले अन्तर्राष्ट्रिय एयरपार्टमा बिदाई गरेका थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey