ला लिगामा बार्सा र रियलको जित, रोनाल्डोको ५०अाैं ह्याट्रिक

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-०५
  • |
  • 129 पटक हेरिएको

चैत्र ५ । स्पेनिस ला लिगाको लिग लिडर बार्सिलोनासँगै रियल मड्रिडले गएराति भएको आफ्नो खेलमा जित निकालेका छन ।

रियालको जितमा क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरे । जुन उनको करियरको ५०औं ह्याट्रिक थियो ।

रियाल मड्रिडले जिरोनालाई ६–३ गोल अन्तरले हरायो । गोलको बर्षा भएको खेलकामा रियालको जितमा रोनाल्डोले चार गोल गरे ।

खेलको ११ औ मिनेटमा पहिलो गोल गरेका रोनाल्डोले ४७ औ, ६४ औ र इन्जुरी समयको पहिलो मिनेटमा गोल गरेका थिए ।

यस्तै अर्को गोल ग्यारेथ बेल र लुकास भास्क्वेजले गरेका थिए । यो चार गोलसँगै रोनाल्डोले ११ खेलमा गोल सख्या २१ पुर्याएका छन भने यो सिजन उनको गोल सख्या ३७ पुगेको छ ।

 

बार्सिलाेनाकाे पनि जित

अर्को खेलमा घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले एथ्लेटिक क्लवलाई दुई शुन्यले हरायो । जितसँगै उसकाे उपाधिमा पकड अझै बलियाे भएकाे छ ।

पाहुना टिम एथ्लेटिक विरुद्ध बार्सिलोनाले खेलको आठौं मिनेटमा नै खेलमा अग्रता बनायो ।

उसका लागि जोर्डी अलावाको पासमा पाको आल्काचेरले गोल गरे । त्यसपछि ३० औ मिनेटमा लियोनल मेसीले टिमका लागि दोस्रो गोल गरे ।

पहिलो हाफमा दुई गोलको अग्रता बनाएको बार्सिलोनाले दोस्रो हाफमा थप गोल गर्न सकेन र दुई शून्यले विजयी भयो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey