चेल्सी एफ ए कपको सेमिफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-०५
  • |
  • 152 पटक हेरिएको

चेैत्र ५ । लेस्टर सिटीलाई हराउँदै चेल्सी एफ ए कपको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको क्वाटरफाइनलमा चेल्सीले लेस्टरलाई अतिरीक्त समयमा दुई एक गोलले हरायो ।

लेस्टरको घरेलु मैदानमा भएको खेलमा चेल्सीको जितमा एल्भारो मोराटा र पेद्रोले एक एक गोल गरे । खेलको ४२ औ मिनेटमा विलियमको पासमा मोराटाले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको चेल्सी विरुद्ध ७६ औ मिनेटमा जिमी भार्डेले गोल गर्दै खेल बराबरीमा पुर्याए ।

त्यसपछि ९० मिनेटसम्म दुबै टिमबाट थप गोल नभएपछि खेल अतिरीक्त समयमा पुगेको थियो । जसमा एक सय पाँचौ मिनेटमा पेद्रोले गोल गर्दै चेल्सीलाई पुनः अग्रता दिलाए ।

बाँकि समयमा लेस्टर खेलमा फर्कन सकेन र चेल्सीले सेमिफाइनलमा स्थान बनायो । अर्को खेलमा साउथह्याम्टनले विगान एथ्लेटिकलाई दुई शुन्यले हराउँदै सेमिफाइनलमा पुग्यो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey