को हुन् डब्ल्यू डब्ल्यू ई मा डेड्म्यानको नामले परिचित दि अन्डर टेकर

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०५-०३
  • |
  • 610 पटक हेरिएको

रेस्लिङको कुरा गर्नेबितिकै सबैको दिमागमा नाम आउने रेस्लर हुन दि अन्डर टेकर, रेस्लिङको दुनियाँमा चर्चित हस्ति अन्डर टेकरको वास्तविक नाम मार्क विलियम केल्वे हो । उनको जन्म १९६५ मार्चमा अमेरिकाको होस्टन टेक्सस्मा भएको थियो ।

उनले आफ्नो रेस्लिङ करियर १९८४ दखि सुरु गरेको थियो । उनले रस्लिङको दुनियाँमा कदम राखेपछिको पहिलो खेल बु्रसर बडिसंग रहेको थियो जुन खेलमा उनि बु्रसर बडिसंग हारेका थिए तर त्यसपछिको खेलहरुमा उनलाई बु्रसर बडिले हराउन सकेनन् । उनको खतरनाक मुब्स तथा लकका कारण उनलाई डेड्म्यान अर्थात मृतमानिसको नामले चिनिन्छ ।

अन्डरटेकर एकमात्र यस्तो रेस्लर हुन् जस्ले १९९१ दखि १९९३ सम्म ३ पटक वल्र्ड हेभिवेट च्याम्पियनको उपाधि जितेका थिए । अन्डरटेकर डब्ल्यू डब्ल्यू ई को सबैभन्दा ठुलो सो रसलमेनिया मा एकपटक मात्र हारेका थिए तर गत २०१९ को २ हारपछि उनको नाममा रसलमेनियामा ३ खेल हारेको छ । उनले खेलेका २३ रसलमेनिया खेलमा उनि २०१४ मा ब्रक लेस्नरसंग पहिलोपटक हारेको थियो । तर २०१५ भएको एक खेलमा अन्डरटेकरले ब्रक लेस्नरलाई पुःन हराएको थियो ।

अन्डरटेकरको दुई विवाहबाट ४ सन्तान  रहेको छ। पहिलो श्रीमतिबाट एक छोरा र दोस्रो श्रीमतीबाट २ छोरी र एक छोरा रहेका छन् । अन्डरटेकरले आफ्नो रेस्लिङ करियरमा ७५० भन्दा बढि खेल खेलेका छन् । जसमा ६७ प्रतिशत खेल जितेका छन् भने ३३ प्रतिशत खेल हारेका छन् । उनले १०० भन्दा बढि डब्ल्यू डब्ल्यू  ई को उपाधिहरु जितेका छन् ।

अन्डरटेकरले ३ पटक वल्र्ड हेभिवेट च्याम्पियन जितका छन् । उनका एक सौतेनी भाईपनि रहेको छ जसलाई डब्ल्यू डब्ल्यू ई मा केनको नामले चिनिन्छ । अन्डर टेकरको करियरमा केनसंग जोडिएका धेरै क्षणहरु रहेको पाइन्छ । अन्डर टेकर र केनले एक ट्यागटिम बनाएको थियो जस्को नाम ब्रदर्स अफ डिस्ट्रक्सन राखिएको थियो ।

अन्डरटेकर ६ पटक ट्यागटिम च्याम्पियन रहेका छन् साथै उनले ३० जनाको रोयल रम्बलसमेत जितेका छन् । अन्डरटेकर अहिले ५४ वर्षका भैसकेका छन् । गत रसलमेनियामा अहिलेको डब्ल्यू डब्ल्यू ई का चर्चित रेस्लर रोमन रेन्जसंग हारेपछि उनले रेस्लिङबाट सन्यास लिएको भनिएको थियो तर ढल्किएको उमेरका कारण उनले डब्ल्यू डब्ल्यू ई बाट सन्यास लिएको बताइएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey