रेस्लिङ हेर्दा भन्दा वास्तविकता निकै फरक !

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०५-०१
  • |
  • 248 पटक हेरिएको

-सूर्य ध्वज तामाङ-

रेस्लिङ भन्ने वित्तिकै तपाई हामीले टेलिभजन पर्दमा आउने डब्ल्यू डब्ल्यू ई भन्ने बुझ्छौ । चर्चित रेस्लिङ सो पनि रहेको छ जुन व्यापक चर्चाको शिखरमा रहन सफल छ । डब्ल्यू डब्ल्यू ई अमेरिकाको व्यवसायिक रुपमा सञ्चालित मनोरञ्जनात्मक रेस्लिङ कम्पनि हो । जस्को अरु पनि थुप्रै शाखाहरु रहेकाछन् । डब्ल्यु डब्ल्यु ई को सुरुवात १९९२ मा व्यवसायिक रुपमा जेस मेक्म्यानले गरेका थिए ।

शुरुमा डब्लुयू डब्ल्यू एफ का नामले परिचित यो शाेलाई पछि नामकरण गरेर डब्ल्यु डब्ल्यु ई बनाइयाे । बक्सिङ तथा कुस्तिको सम्पुर्ण तरिकाहरुलाई परिमार्जन गरिएको यस शाे दर्शकशरु माझ बेग्लै किसिमको मनोरञ्जन प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको थियो ।

जस्को अरिना अमेरिकाको एट्लान्टा र क्यालिफोर्निया लगायत अन्य स्थानमा रहेका छन् । यो विश्वको सबैभन्दा ठूलो रेस्लिङ शाे हो जसले वर्षमा ५०० भन्दा बढि शाे सञ्चालन गर्दै आइरहेको छ ।

विश्वका १५० देशका ३६ मिलियन दर्शकहरुले डब्ल्यू डब्ल्यू ई हेर्ने गरेका छन् । १९८० देखि यो मनोरञ्जनात्मक खेलको रुपमा विकसित भएको हो । अहिले यसका थुप्रै ब्रान्डहरु रहेका छन् । एनएक्सटी, स्म्याक डाउन तथा रअ यसका ब्रान्डहरु हुन् ।

हेर्दा अपत्यारिलो भएता पनि यो झुठ भने होइन । भरपुर एक्सन तथा रोमाञ्चक हुने भएका कारण यो निकै रुचाईएको शाे हो । अहिले डब्ल्यू डब्ल्यू ई ले २ वटा शाे सञ्चालन गर्दै आइरहेको छ । स्म्याकडाउन लाइभ र रअ सबैभन्दा चर्चित ब्रान्डहरु हुन् ।

जसमा १०० भन्दा बढि रेस्लरहरु रहेका छन् । हेर्दा कुस्ति वा बक्सिङ जस्तै लाग्ने यो खेलमा सबै प्रकारका एक्सनहरु वा तरिकाहरु प्रस्तुत गर्न अनुमति दिइएको हुन्छ । लक गर्ने, किक र पन्चका लागि पनि अनुमति दिइएको हुन्छ । खेलमा रेफ्रीको निर्णयलाई अन्तिम निर्णय मानिन्छ ।

डब्ल्यू डब्ल्यू ईबाट धेरै जसो सुपरस्टारहरुले चर्चा कमाउन सफल रहेका छन् । अन्डर टेकर, द रक, स्टोन गोल्ड, बिग सो, केन, ब्रक लेस्नर, हक होगन लगायतका सुपरस्टारहरु धेरै पहिलेदेखिका चर्चित रेस्लरहरु हुन् ।

समयको परिवर्तनसंगै डब्ल्यू डब्ल्यू ई पनि विकसित र सुदृढ हुदै आइरहेको छ । जसले तालिकाअनुसार ठूला ठूला शाेहरु सञ्चालन गर्दै आइरहेको छ ।

तिनै शाेहरुमध्ये रसलमेनिया र रोयल रम्बल लगायतका शाेहरु निकै रोमाञ्चक हुने गर्दछन् । डब्ल्यू डब्ल्यू ई ले मनोरञ्जनात्मक खेलकुदको क्षेत्रमा छुट्टै छाप छाड्दै आएको छ ।

नयाँ भागको लागि धेरै कुर्नु नपर्ने र भरपुर मनोरञ्जन प्राप्त हुने हुदाँ अहिलेको समयमा डब्ल्यू डब्ल्यू ई का दर्शकहरु बढिरहेका छन् । तर कयाैं दर्शकहरुको सोचमा एउटै कुरा आउने गर्दछ । के डब्ल्यू डब्ल्यू ई वास्तविक हो त?

याे प्रश्न सायदै हरेक दर्शकको दिमागमा आउने गर्दछ । डब्ल्यू डब्ल्यू ई को हरेक सुपरस्टारहरु वास्तविक हुन र शाे मा हुने अपत्यारिलो घटनाहरु सबैजसो वास्तविक नै हुन् । तर यो एक नाटकिय शैलीमा प्रस्तुत गरिन्छ ।

खेलभन्दा पहिले सिनेमामा जस्तै हरेक खेलाडीलाई लक्षित गरि स्कृप्ट लेखिएको हुन्छ र त्यसै अनुसार हरेकले नाटकिय शैलिमा आफ्नो भूमिका निभाउदछन् । त्यसो त डब्ल्यू डब्ल्यूमा खेलको दौरान मृत्यु भएका रेस्लरहरु पनि छन् । जस्ले यो धेरैजसो वास्तविक र केही झुठो हो भन्ने सावित गर्दछ ।

ओइन हर्ट, ओरो, लेर्री क्यामरुन, र माल्कोम किर्क लगायत १६ रेस्लरको खेलको दौरान मृत्यु भएको पाइन्छ । शुरक्षामा चुनौती रहेका कारण डब्ल्यू डब्ल्यू ई ले हरेक सो प्रशारण पश्चात खेलको हरेक गतिबिधिहरु कहिँ कतैपनि प्रयास नगर्न सुझाव दिँदै आइरहेको छ । एजेन्सीकाे सहयाेगमा ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal