डवल लिग बास्केटबलः हिमालय होण्डस् प्लेअफ नजिक

0

चैत ४, काठमाडाैं । हिमालयन होण्डस् राजधानीमा जारी डवल लिग बास्केटबल प्रतियोगिताको प्लेअफ नजिक पुगेको छ । आइतबार भएको खेलमा हिमालयन होण्डसले टिम बुढानिलकण्डलाई उसकै कोर्टमा हरायो ।

लिगमा २ खेल बाँकी रहँदा हिमालय होण्ड्सको ७ जित र पाँच हारसहित २१ अंक भएको छ । समान खेलबाट मात्र ६ अंक जोडेको बुढानिलकण्डको चुनौति लिग चरणमै सकिने निश्चित भइसकेको छ ।

प्रतियोगितामा १० खेलबाट शतप्रतिशत जित हासिल गर्दै त्रिभुवन आर्मी ३० अंकसहित प्लेअफमा पुगिसकेको छ भने १० खेल खेलेको बिशाल मिलन केन्द्र र १२ खेल खेलेको गोल्डेनगेट कलेज समान २४ अंकसहित प्लेअफको नजिक छन् ।

आइतबार भएको खेलमा हिमालयन होण्ड्सले बुढानिलकण्डलाई अतिरिक्त समयमा ७९–७५ को स्कोरमा हरायो । गोल्फुटारस्थित कोर्टमा भएको खेलको पहिलो क्वार्टरमा हिमालयण्ड होण्डसले २६–११ को जित निकाले पनि त्यसपछिका दुई क्वार्टरमा घरेलु टोली हावी भयो । दोस्रो र तेस्रो क्वार्टर बुढानिलकण्ठले १७–१० र २४–१२ ले जित्यो । चौथो क्वार्टरमा हिमालयन होण्ड्सले १४–१० को जित निकालेपछि खेल ६५–६५ अंकमा बराबरी भयो ।

अतिरिक्त समयमा भने घरेलु टोली बुढानिलकण्ठ अभागी बन्यो । हिमालयन होण्ड्सले १४–१० को स्कोरमा जितेर समग्रमा ७९–७५ को स्कोरमा खेल आफ्ना पक्षमा पार्न सफल भयो ।

खेलमा १७ स्कोर गरेका मनिस केसी म्यान अफ द म्याच बन्दा हिमालयन कै सौरभ श्रेष्ठले सर्बाधिक ३० स्कोर गरेका थिए ।

Post Add 1025X115
Loading...