Mega Bank

भक्तपुरमा तत्काल अन्तर्राष्ट्रिय खेलकुद परिसर निर्माण शुरु गरौं : सांसद बस्नेत

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७६-०५-०१
  • |
  • 279 पटक हेरिएको

काठमाडौं, १ भदौ । सत्तारुढ दल नेकपाका सांसद महेश बस्नेतले भक्तपुरमा बनाउने भनिएको अन्तर्राष्ट्रिय खेलकुद परिसरको निर्माण प्रक्रिया तत्काल थाल्न आग्रह गरेका छन् । संघीय संसदको प्रतिनिधिसभा बैठकमा सून्य समयमा सांसद बस्नेतले त्यहाँक कसैका बीचमा असहमति नरहेकाले तत्काल काम अघि बढाउन युवा तथा खेलकुद मन्त्रालयको ध्यानाकर्षण गराएका हुन् ।

संसदमा उनले भनेका शव्द अनुवाद ।
‘भक्तपुरको सिपाडोल, नङखेल, चित्तापोल र ताँथली एरियामा सरकारले खेलकुद परिषर निर्माण गर्ने कुराको तयारी गरेको थियो । त्यसका लागि आवश्यक पर्ने १ हजार रोपनी जग्गा उपलव्ध गराउनका लागि शहरी बिकास मन्त्रालयले नयाँ शहर निर्माणको डीपीआर तयार गर्ने प्रक्रिया पनि अघि बढाएको छ ।

भक्तपुुरबासीले त्यो एरियामा ५० हजार दर्शक क्षमताको अन्तर्राष्ट्रिय स्तरको रंगशाला, खेल परिषर, कर्भडहल, स्वीमिङपुल लगाएतका पूर्वाधार बनाउने कुरामा सहमति जनाइसकेका छन् ।

त्यसैले काम अघि बढाउनका लागि युवा तथा खेलकुदमन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु । भक्तपुरको तर्फबाट त्यहाँ विरोध रहेको भन्ने सूचना मन्त्रालयले प्राप्त गरेको छ भनिएको छ, त्यहाँ कसैको विरोध छैन सबैको समर्थन छ भन्ने कुराको जानकारी गराउन चाहन्छु ।’

भर्खरै

Advertisement