क्रिकेट विवाद समाधान खेलकुद मन्त्रीको पहिलो प्राथमिकता

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-०४
  • |
  • 155 पटक हेरिएको

चैत ४, काठमाडौं । नवनियुक्ति युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले क्रिकेट विवाद समाधानलाई आफूले पहिलो प्राथमिकतामा राखेको बताएका छन् ।

आइतबार नेप्लेजसँग कुराकानी गर्दै मन्त्री विश्वकर्माले नेपालले क्रिकेट इतिहासमै सबैभन्दा ठूलो सफलता हासिल गरेकोमा यस उपलब्धीलाई थप संस्थागत गर्न जारी क्रिकेट विवादको दिगो समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले भने, ‘नेपाली क्रिकेटले हासिल गरेको यस ऐतिहासिक क्षणमा मैले खेलकुद मन्त्रालयको जिम्मेवारी पाएको छु, मैले संकल्प गरिसकेको छु कि यो उत्साहलाई हामी चुक्न दिने छैनौं र क्रिकेट संघको विवाल यथासक्य छिटो समाधान गर्नेछौं ।’

मन्त्री विश्वकर्माले क्यान विवाद सरोकारवाला पक्षसँगको बिस्तृत छलफल र आईसीसीसँगको सुझावमा समाधान गरिने र त्यस निश्कर्षमा सबैको एकमत रहने बताए ।

‘विवाद समाधानका लागि हामीसँग समय कम छ, मैले क्रिकेट विवाद समाधानलाई नै पहिलो प्राथमिकतामा राखेको छु, मन्त्रीले भने, ‘समय पुगेन भने आईसीसीसँग समन्वय गरेर भए पनि छिट्टै समाधान गर्नेछु ।’

क्यान विवादको स्थायी समाधानपछि एकदिवशीय मान्यता अनुसारको संरचना विकास तथा भौतिक पूर्वाधार निर्माण तत्कालै सुरु गर्ने प्रतिबद्धता पनि मन्त्री विश्वकर्माले गरेका छन् ।

१३औं साग र आठौं राष्ट्रिय खेलकुद पनि प्राथमिकतामा

शुक्रबार युवा तथा खेलकुद मन्त्रीको रुपमा सपथ लिएलगत्तै मन्त्रालयमा पदबाहली गरेका मन्त्री विश्वकर्माले सन् २०१९ मै १३औं दक्षिण एशियाली खेलकुद आयोजना गर्ने र त्यसअघि २०७५ सालमा आठौं राष्ट्रिय खेलकुद आयोजनाका लागि तयारी तीव्र बनाउने लगायतको पहिलो निर्णय गरेका छन् ।

साग गेम्स र आठौं राष्ट्रिय खेलकुद समयमै सम्पन्न गर्न आवश्यक भौतिक पूर्वाधार तयारीमा भएका प्रगति र गर्नुपर्ने कामको तयारीका लागि दुई छुट्टाछुट्टै समिति बनाइएको र त्यस समितिले १५ दिनभित्रमा दिने प्रतिवेदन अनुसार काम अघि बढाइने मन्त्री विश्वकर्माले जानकारी दिए ।

उनले मुलुकको एकमात्र अन्तर्राष्ट्रियस्तरको दशरथ रंगशालाको पुनर्निर्माणको काम भइरहेको र साग गेम्सअगावै निर्माण सम्पन्न हुने दाबी गरे ।

‘खेल बिकासका लागि पूर्वाधार विकास अपरिहार्य छ, हामीसँग पर्याप्त पूर्वाधार छैन, दशरथ रंगशाला पुनर्निर्माण चालू अवस्थामा छ । साग अगावै रंगशाला पुनर्निर्माण सम्पन्न हुन्छ ।’ मन्त्री विश्वकर्माले भने ।

मुलुकको स्वाभिमान र प्रतिष्ठा रक्षाका लागि खेलाडीहरको योगदानको कदर गर्दै मन्त्री विश्वकर्माले खेल क्षेत्रमा भए गरेका सबैखाले बिकृति बिसंगति अन्त्य गरी खेलक्षेत्रको बिकासमा केन्द्रित रहने प्रतिबद्धता पनि व्यक्त गरे ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal