मेरो तुलना कसैसँग हुँदैनः रोनाल्डो

0

चैत ४ । फुटबलको दुनियामा थुप्रै प्रतिभाशाली खेलाडीहरु छन् र धेरै खेलाडीहरु सुपरस्टार बन्ने क्षमताका छन् । तर, पनि क्रिष्टियानो रोनाल्डो यो सोच्छन् कि विश्व फुटबलमा कोही पनि उनका समान छैनन् ।

उनी आफ्नो उपलब्धि र शैली अद्धितीय मान्छन् ।

‘जब म फुटबल खेल्न सुरु गरेँ, दुनियाको सबैभन्दा राम्रो खेलाडी बन्ने सपना देखेको थिएँ ।’ हालै नाइकको बिज्ञापनको सुटिङका क्रममा रोनाल्डोले आफ्नो करिअरको सुरुआती दिन सम्झिए ।

आफ्नो बिरासतबारे कुराकानी गर्दै रोनाल्डोले नाइक कम्पनीको नयाँ बुट लञ्च गरेका छन् ।

‘मेरा साथीहरुले मलाई हेर्दै भन्ने गर्थे कि तिमी के बारेमा कुरा गरिरहेका छौ ?’

‘मैले मनोरञ्जनका लागि फुटबल खेल्न थालेको हुँ । तर मैले सोचेँ कि मसँग क्षमता छ । र, मैले म्यान्चेस्टरमा आफ्नो करिअर सुरु गरेँ ।’

‘मेरो जत्तिको प्रतिभा, मेरो समर्पण र मेरो कामप्रतिको नैतिकता मैले अरुमा अहिलेसम्म देखेको छैन ।’

‘मेरो तुलनामा कोही पनि छैनन्, कोही पनि क्रिष्टियानो रोनाल्डो बन्न सक्दैनन् ।’

‘तपाईं तपाईं नै बन्नुहुन्छ, म म नै बन्छु ।’

Post Add 1025X115
Loading...