लिभरपुलको जितमा सलाहको ४ गोल

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-०४
  • |
  • 160 पटक हेरिएको

चैत ४ । मोहम्मद सलाहले चार गोल गरेपछि लिभरपुलले इंग्लिस प्रिमियर लिगमा घरेलु मैदानमा जितको श्रृङखला जारी राखेको छ ।

बाटफोर्डबिरुद्धको ५–० गोलअन्तरको जितसँगै लिभरपुल लिग तालिकाका तेस्रो स्थानमा पनि उक्लिएको छ । लिभरपुल लिगमा ३० खेलबाट ६३ अंकसहित अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको हो । एक खेल कम खेलेको टोटनह्यामका ६१ र चेल्सीको ५६ अंक छ ।

जर्गेन क्लपको टोली प्रिमियर लिगमा घरेलु मैदानमा यस सिजन पराजित भएको छैन ।

बाटफोर्डबिरुद्धको जितमा पाँचैं गोलमा सलाहको संग्लग्नता रह्यो । सलाहले ४ गोल गरे भने १ गोलका लागि पास उपलब्ध गराए ।

बाटफोर्डको रक्षापंक्ति ध्वस्त पार्दै खेल सुरुभएलगत्तै सलाहले गोल गरेका थिए । एण्डी रोवट्सनका त्रसm सदुपयोग गरी पहिलो हाफको अन्त्यतिर अर्को गोल थपे ।

दोस्रो हाफमा रोबर्टो फिर्मिन्होले गोल गर्दा पास उपलब्ध गराएका सलाहले खेलको अन्त्यतिर २ गोल गरे ।

 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal