रोजर फेडेरर इण्डियन वेल्सको फाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-०४
  • |
  • 150 पटक हेरिएको

चैत ४ । विश्व नम्बर एक रोजर फेडेरर सिजनमा उत्कृष्ट सुरुआत गर्दै इण्डियन वेल्स टेनिसको फाइनलमा पुगेका छन् ।

शनिबार राति भएको फाइनलमा फेडेररले क्रिोएशियाका बोर्ना कोरिकमाथि २–१ को संघर्षपूर्ण जित निकाले ।

४९औं बरियताका कोरिकसँग फेडेरर पहिलो सेटमा ५–७ ले पराजित हुन पुगे । तर, त्यसपछिका दुई सेटमा कमब्याक गर्दै उनले ६–४ र ६–४ को जित निकाले ।

यो वर्ष फेडेररको यो लगातार १७औं जित हो । यसअघि सन् २००६ मा फेडेररले लगातार १६ जित निकालेका थिए ।

उपाधिका लागि फेडेररले छैटौं बरियताका अर्जेन्टिनी खेलाडी जुहान मार्टिन डेल पोर्टोसँग खेल्नेछन् । पोर्टोले क्यानडाका मिलोस राओनिकलाई ६–२ र ६–३ को सहज सेटमा हराउँदै फाइनलमा पुगेका हुन् ।

साविक विजेता फेडेरर इण्डियन वेल्समा कीर्तिमान छैटौं जितको खोजीमा छन् । तर, फाइनलमा उनले यस्तो प्रतिस्पर्धी पाएका छन्, जसले गत वर्ष युएस ओपनको फाइनलमा फेडेररलाई हराएको थियो ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey