इण्डियन वेल्सको फाइनलमा शीर्ष १० बाहिरका खेलाडी भिड्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-०३
  • |
  • 191 पटक हेरिएको

चैत ३ । विश्व नम्बर एक सिमोन हलेप इण्डियन वेल्स टेनिसको सेमिफाइनलमा पराजित भएकी छिन् ।

हलेप जापानकी नाओमी ओशाकासँग २–० को सोझो सेटमा स्तब्ध भइन् । ४४ औं वरियताकी ओशाकाले पहिलो सेट ६–३ ले जितिन् । कुल ६४ मिनेट चलेको खेलको दोस्रो सेटमा उत्कृष्ट प्रदर्शन गर्दै ओशाका ६–० ले विजयी भएपछि उनले फाइनलको यात्रा पक्का गरिन् ।
उदयीमान खेलाडीको रुपमा रहेकी ओशाकाले मारिया सारापोभा, अगनिस्का राडावान्का, क्यारोलिना प्लिसकोभा र हलेपलाई हराएकी छिन् ।

फाइनलमा ओशाकाले रसियाकी डारिया कासाट्किनाको सामना गर्नेछिन् । २० बर्षीया कासाट्किनाले आठौं वरियताकी भेनस विलियम्सलाई हराएकी थिइन् ।

यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेकी कासाट्किनाले भेनसलाई २–१ को सेटमा हराइन् । पहिलो सेटमा पराजित भएकी कासाट्किनाले पछिल्लो दुई सेटमा कमब्याक गरिन् ।

पहिलो सेटमा भेनस ४–६ ले विजयी भइन् । पछिल्लो दुई सेट ६–४ र ७–५ ले जित्नै कासाट्किना फाइनलमा प्रवेश गरिन् ।

कासाट्किनाले पछिल्लो चार खेलमा शीर्ष २० वरियताका खेलाडीलाई हराइन् । विश्व वरियताको १९ औं स्थानमा रहेकी कासाट्किनाले तेस्रो चरणमा युएस ओपन विजेता स्लोयन स्टेफेन्सलाई हराएकी थिइन् भने त्यसपछि अष्टे«लियन ओपन विजेता क्यारोलिन वज्नियाकीलाई पराजित गरिन् ।

क्वार्टर फाइनलमा विश्व नम्बर १० एन्जेलिके कर्वरलाई हराएर सेमिफाइनलमा स्थान बनाएकी उनले भेनसलाई पाखा लगाउँदै फाइनलमा स्थान सुरक्षित गरिन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey