सेब क्वाटरफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०४-२४
  • |
  • 172 पटक हेरिएको

सेब आठौं ग्रिनफिल्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सेबले जेनिथलाई २८–१४ ले पराजित गर्‍यो । सेबको जितमा कुमार तामाङले १४ अंक जोडे । जुनियर ब्वाइजमै शिभम् लामाको १३ अंक सहयोगमा महामञ्जुश्रीले एलआरआईलाई ३९–१६ ले हरायो ।

सिनियर ब्वाइजमा नेपालयले ज्योति एकेडेमीलाई ३६–२३, न्यु जेनिथले एलआरआईलाई ४७–२७, महामञ्जुश्रीले एलाइट को–एडलाई ४२–१६, नवोदितले सेन्ट जेभियर्सलाई २९–३, काठमाडौं भ्यालीले तोरणलाई २७–२३, विल्सन एकेडेमीले आयोजक ग्रिनफिल्डलाई ५८–४८ र कमलले ग्लेन बड्सलाई २७–१६ ले पाखा लगाए ।

सिनियर गल्र्समा दुर्गा भवानीले कमललाई १०–३ ले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित ग¥यो ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal