१३औं सागका लागि खेलाडी दर्ताकाे अन्तिम मिति कार्तिक १४ गते

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०४-२३
  • |
  • 196 पटक हेरिएको

आगामी मंसिर १५ देखि २४ गतेसम्म काठमाडौंमा हुन लागेको १३ औं दक्षिण एसियाली खेलकूदको तयारी तिव्र गतिमा अघि बढेको छ । अहिले भौतिक पूर्वाधार निर्माणको काम चलिरहेको छ भने प्रतियोगिता अगाडी सम्पूर्ण पुरा हुने जनाइएको छ ।

नेपाल ओलम्पिक कमिटि तथा दक्षिण एशियाली ओलम्पिक परिषद्का अध्यक्ष एवं सांसद जीवनराम श्रेष्ठको संयोजकत्वमा विहीबार बसेको बैठकले साग प्रतियोगितबारे विभिन्न निर्णयहरु गरेको छ । बैठक पछि जारी भएको क्यालेण्डर अनुसार भदौ सात गते सम्म सागको टेक्निकल ह्याण्डबुक तयार पार्ने जनाइएको छ ।

यसैगरी असोज १३ गतेसम्म सहभागि हुने देशले आफूले प्रतिस्पर्धा गर्ने खेलको बारेमा जानकारी गराउने समय सिमा तोकेको छ । कार्तिक १४ गतेभित्र खेलाडीहरुको दर्ता गरिसक्ने निर्णय पनि गरेको छ ।

ओलम्पिक कमिटिको भवनमा बसेको बैठकमा राखेपका उपाध्यक्ष,पिताम्बर तिमिल्सना राखेपका सदस्य सचिव रमेशकुमार सिलवाल, नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष पुरेन्द्र विक्रम लाखे, कार्यकारीणी सदस्य तेज गुरुङ, अशोक बज्राचार्या, निलेन्द्रराज श्रेष्ठ, १३ औ साग सचिवालयका कमल खनाल, राखेप विभागिय प्रमुख कुल बहादुर थापा, अर्जुन वि।क, ऋषी पोखरेल तथा नेपाल ओलम्पिक कमिटिका कार्यकारीणी सचिव सुजन लाल श्रेष्ठको उपस्थिति रहेको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey