राखेप भन्छः क्रिकेटको उपलव्धी गुम्न नदिन भूमिका खेल्छ

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-०२
  • |
  • 174 पटक हेरिएको

नेप्लेज २ चैत । नेपालले आईसीसीको एक दिवसीय मान्यता प्राप्त गरेको प्रति राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिब केशबकुमार विष्टले वधाई दिएका छन् ।

 

हिजो भएको खेलमा नेपालले पपुवा न्यूगिनी र नेदरल्याण्ड्सले हङकङलाई पराजित गरेपछि नेपालले आगामी ४ बर्षलाई एक दिवसीय मान्यता पाएको हो । राखेपका सदस्यसचिब विष्टले आज एक विज्ञप्ती निकालेरे क्रिकेट खेलाडीले हासिल गरेको यो सफलता समग्र राष्ट्रकै लागि गौरवको विषय भएको बताएका छन् ।

उनले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बाट नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा परेको कठिन अवस्थामा पनि खेलाडीको हौसला मर्न नदिई घरभित्र क्रिकेटको वातावरण जीवन्त राख्ने समर्थक, शुभचिन्तक र सञ्चारकर्मीहरु पनि बधाईको उत्तिकै हकदार भएको पनि उल्लेख गरे ।

नेपाली क्रिकेटले हासिल गरेको महत्वपूर्ण उपलब्धिलाई गुम्न नदिन र नेपाली क्रिकेटलाई योभन्दा पनि अझ ठूला उपलब्धि हासिल गर्ने दिशामा अगाडि बढाउन राखेपले हरसम्भव प्रयास गर्ने प्रतिबद्धता समेत सदस्य सचिव विष्टले गरेका छन् ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal