विहीबारदेखि खेलकुदमन्त्रालय सचिव विहीन

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०४-२२
  • |
  • 421 पटक हेरिएको

काठमाडौं, २२ साउन । युवा तथा खेलकुदमन्त्रालय विहीबारदेखि सचिव विहीन हुने भएको छ ।

२०३९ सालमा निजमाति सेवामा प्रवेश गरेका सचिव देवकोटाको कार्यकाल विहीबारदेखि सकिन लागेको हो । उनले अनिवार्य अवकास पाउँदैछन् ।

गत फागुनमा पर्यटन मन्त्रालयबाट देवकोटा खेलकुद मन्त्रालयमा आएका थिए । निडर र निर्भीक सचिवको छवि बनाएका देवकोटाले नेपालगञ्जमा भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गराउँन मन्त्रालयबाट महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । सचिव देवकोटालाई बुधबार एक कार्यक्रमबीच बिदाइ गरियो ।

युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा), संघीय सांसद् एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य–सचिव रमेशकुमार सिलवाल, नेपाल स्काउट, राष्ट्रिय युवा परिषद्, युवा तथा साना स्वरोजगार कोषका प्रतिनिधि, कर्मचारीलगायतले सचिव देवकोटालाई मायाको चिनो प्रदान गरी बिदाइ गरेका थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey