Prabhu Bank

एपीएफलाई सिजनको सातौं उपाधि

Kelme Nepal
Mega Bank
  • नेप्लेज
  • |
  • २०७४-१२-०२
  • |
  • 0 पटक हेरिएको

चैत २, काठमाडौं । सशस्त्र प्रहरी महानिरिक्षक पाँचौं खुल्ला महिला भलिबल प्रतियोगिताको उपाधि आयोजक एपीएफले जितेको छ ।
न्यु डायमण्ड एकेडेमीलाई ३–० को सोझो सेटमा हराउँदै एपीएफ च्याम्पियन बनेको हो ।

एपीएफले न्यु डायमण्डलाई २५–१९, २५–१८ र २५–१९ को सेटमा हराएको थियो । यस सिजन आठवटा प्रतियोगिताको फाइनलमा एपीएफ र न्यु डायमण्ड खेलेका थिए । यो उपाधिसँगै एपीएफले सातवटा उपाधि जितेको छ भने न्यु डायमण्डले एउटामात्र जित्न सकेको छ ।

एपीएफले यस अघि तीजका अवसरमा आयोजित प्रतियोगिता, ढोरपाटन महिला डबल लिग प्रतियोगिता, मेयर कप, प्रधानमन्त्री कप, एनभिए कप र दिदीबहिनी कप जितेको थियो । न्यु डायमण्डले भने न्यु डायमण्ड कपको उपाधि जितेको थियो । तेस्रो स्थानको प्लेअफमा नेपाल पुलिस क्लब विजयी भएको छ । पुलिसले त्रिभुवन आर्मी क्लबलाई २५–१२, २५–१३ र २५–१३ को सोझो सेटमा हराउँदै तेस्रो स्थान हात पा¥यो ।

प्रतियोगितामा एपीएफकी विनिता बुढाथोकी सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै एक थान स्कुटर जित्न सफल भइन् । प्रतियोगितामा स्पाइक तर्फ एपीएफकी नेविका चौधरी, सर्वरमा न्यु डायमण्डकी प्रतिभा माली, डिफेन्समा एपीएफकी मनिषा तामाङ, ब्लकरमा एपीएफकी सरस्वती चौधरी, सेटरमा न्यु डायमण्डकी कृपा अधिकारी र प्रशिक्षकमा एपीएफका ज्ञानेन्द्रबहादुर विष्ट उत्कृष्ट घोषित भए ।

उपाधि विजेता एपीएफले २ लाख ५० हजार जितेको छ भने न्यु डायमण्डले १ लाख २५ हजार र तेस्रो भएको पुलिसले ५० हजार हात पारेको छ ।

भर्खरै

Advertisement