कृष्णमोहन स्मृति खुल्ला ब्याडमिन्टनको उपाधि रत्नजीतलाई

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-०२
  • |
  • 281 पटक हेरिएको

चैत २ । चौधौं कृष्णमोहन स्मृति राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबका रत्नजीत तामाङले जितेका छन् ।

शुक्रबार सम्पन्न पुरुष पुरुष सिंगल्स तर्फको फाइनलमा रत्नजीतले एपीएफ क्लबका दिपेश धामीलाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधि जिते ।

पहिलो सेटमा २१–२० को झिनो अन्तरको जित हात पारेका रत्नजीतले दोस्रो सेट २१–११ ले जित्दै उपाधि हात पारे ।

उपाधिसँगै रत्नजीतले ६० हजार जितेका छन् भने दिपेशले ३० हजारमा चित्त बुझाए ।

यसअघि महिला एकल तर्फको उपाधि रत्नजीतकी दिदी नङ्सल देवी तामाङले जितेकी थिइन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey