सागकाे बन्दाेबस्तीकाे जिम्मा चीनले नलिने, टेन्डरबाट प्रकृयामा जाने

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०४-२१
  • |
  • 233 पटक हेरिएको

नेपालमा आयोजना हुने दक्षिण एशियाली खेलकुद सागको बन्दोबस्तीको जिम्मा चीन सरकारले लिन अस्विकार गरेको छ । जसका कारण नेपाली कम्पनीलाई नै टेम्डरमा दिइने भएको छ ।

नेपाल सरकारको परराष्ट्र मन्त्रालय मार्फत युवा तथा खेलकुद मन्त्रालयले चीनीया सरकारलाई ब्यवस्थापनका लागि पत्राचार गरेर छलफल पनि गरेको थियो । तर चीनीया सरकारले यसमा खासै चासो नदेखाएपछि समयमा गर्न नसक्ने बताएपछि राष्ट्रिय खेलकुद परिषद्ले नेपालको कुनै कम्पनीलाई टेन्डर दिने तयारी गरेको छ ।

सागका लागि चाहिने पोशाक, खेल सामाग्रि लगायतका लागि परराष्ट्र मन्त्रालय मार्फत चीनीया सरकारलाई आग्रह गरेको थियो । तर उनीहरुले समयमा उपलब्ध गराउने प्रतिबद्धता नजनाएपछि नमस्कार भनेको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले जानकारी दिए ।

सागमा खेलाडी तथा अफिसियललाई चाहिने पोशाक, खेलका लागि चाहिने आवश्यक सामाग्रि चीनबाट ल्याउदा छिटो र सजिलो हुन्छ की भनेर परराष्ट्र मन्त्रालयबाट पहल गरिएको थियो । तर अब त्यो पहल सफल नभएपछि फेरी नयाँ प्रक्रियामा जानुपर्ने भएको छ । यसका लागि चाँडै टेन्डरबाट कम्पनीको छनोट गरिने भएको छ ।

डिसेम्बरमा हुने साग च्याम्पियनसिपका लागि पूर्वाधारको तयारी भइरहेको छ भने खेलाडीहरु प्रारम्भिक तयारीमा जुटिसकेका छन । प्रतियोगिताको तयारी खर्च पाँच अर्व रुपैयाँ बजेट अनुमान गरिएको छ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal