लनटेनिसको उपाधि प्रणव र मायांकाको पक्षमा

0

चैत २, काठमाडौं । दशौं सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबका प्रणव खनालले जितेका छन् । ललितपुरका जितेन्द्र परियारलाई २–१ को सेटमा हराउँदै उपाधि जिते ।

हलचोक स्थित सशस्त्र प्रहरी बलको कोर्टमा भएको फाइनलमा प्रणवले पहिलो सेट ७–५ ले जिते । दोस्रो सेटमा कमब्याक गर्दै जितेन्द्रले ३–६ को जित हात पार्दै सेट १–१ को बराबरीमा पुर्‍याए ।

निर्णायक सेटमा ६–० को सहज जित हात पार्दै प्रणवले नेपाल नम्बर एक जितेन्द्रलाई हराएर उपाधि जिते ।

महिला सिंगल्स तर्फको उपाधि नेपाल पुलिस क्लबकी मायंका राणाले जितिन् । आफ्नै बहिनी माहिकालाई २–१ को सेटमा हराउँदै मायांका च्याम्पियन बनिन् । पहिलो सेटमा ६–४ को जित हात पारेकी मायांकाले दोस्रो सेट भने ३–६ ले गुमाउन पुगिन् । अन्तिम सेटमा ६–३ को जित दर्ता गर्दै मायांका च्याम्पियन बनिन् ।

महिला र पुरुष दुबै तर्फका विजेताले जनही ६० हजार जिते भने दोस्रो भएका खेलाडीले ३० हजारमा चित्त बुझाए ।

Post Add 1025X115
Loading...